Wednesday, January 28, 2009

वास्तु विज्ञान: मानव समाजमा वास्तुको प्रभाव


आचार्य कुशल कुमार निरौला
मस्को

Email to friend
Add to Bookmark
Send your feedback
Printer Friendly


आजकाल हाम्रो समाजमा वास्तुको निकै प्रभाव परेको देखिन्छ | हुन त वास्तु विज्ञान आजको नविन खोज हैन ,वास्तुलाई प्राचिन विद्याको एक महत्वपूर्ण अङ्ग मानिन्छ | यसलाई बुझेर उपयोग गर्ने हो भने निश्चित नै फाईदा उठाउन सकिन्छ | वास्तु विज्ञानलाई बुझ्न र त्यसका फाईदालाई लिनु भन्दा पहिले दिशाहरुको ज्ञान हुनु अत्यावश्यक छ ।

जब हामी पूर्व दिशातर्फ मुख फर्काएर उभिन्छौ भने हाम्रो देव्रे तर्फ
उत्तर र दाहिने तर्फ दक्षिण हुन्छ । हाम्रो पीठ पछाडी पश्चिम दिशा
हुन्छ । जुन कुनामा दुवै दिशाहरु मिल्छन्, त्यो कुनो अत्यन्त महत्वपूर्ण
मानिन्छ , किन भने त्यसले दुवै दिशाबाट आउने शक्ति र ऊर्जालाई
मिलाइदिन्छ । उत्तर र पूर्वका बीचको कुनोलाई उत्तर-पूर्व अथवा ईशान
भन्दछन् । पूर्व र दक्षिणका बीचको कुनालाई दक्षिण-पूर्व अथवा आग्नेय
भन्दछन् , दक्षिण र पश्चिमका बीचको कुनालाई दक्षिण-पश्चिम अथवा नैऋत्य भन्दछन् । उत्तर र पश्चिमका बीचको कुनालाई उत्तर-पश्चिम अथवा वायव्य कोण भन्दछन् र मध्य स्थानलाई ब्रह्रास्थानका रूपमा जान्न सकिन्छ ।

उत्तर

उत्तर दिशाका अधिष्ठित देवता कुबेर हुन् जसलाई धन र समृद्धिका द्योतक मानिन्छ । ज्योतिष शास्त्रानुसार बुध ग्रह उत्तर दिशाका स्वामी हुन् ।
उत्तर दिशालाई मातृ स्थान पनि भनिएको छ । यस दिशामा स्थान खाली राख्नु अथवा कच्चा भूमि छोड़नु धन र समृद्धि कारक हुन्छ ।

पूर्व

पूर्व दिशाका देवता इन्द्र हुन् । आत्माका कारक अथवा जगत प्रकाशक
सूर्यदेव पूर्व दिशाबाट नै उदय हुन्छन् । पूर्व दिशा पितृस्थानको
द्योतक हो । यस दिशामा कुनै प्रकारको रूकावट हुनु हुदैन । पूर्व
दिशामा खुल्ला स्थान परिवारको मुखियाको लामो उमेरको प्रतिक हुन्छ ।

पश्चिम

वरूण पश्चिम दिशाका देवता हुन् भने ज्योतिषशास्त्रानुसार शनिदेव पश्चिम दिशाका स्वामी हुन् । यो दिशा प्रसिद्धि , भाग्य र ख्यातिको प्रतीक हो।

दक्षिण

यम दक्षिण दिशाका अधिष्ठित देवता हुन् । दक्षिण दिशामा वास्तुका
नियमानुसार निर्माण गर्नाले सुख , सम्पन्नता र समृद्धिको प्राप्ति हुन्छ।

ईशान कोण

पूर्व र उत्तर दिशाहरु जहाँ मिल्दछन् त्यस स्थानलाई ईशान कोणको संज्ञा दिइएको छ । यो दुई दिशाको सर्वोतम मिलन स्थान पनि हो । यो स्थान
भगवान शिव र जलको स्थान पनि मानिएको छ । ईशानलाई सदैव स्वच्छ र शुद्ध राख्नु पर्छ । यस स्थानले जलीय स्रोत - जस्तै कुवा , बोडिङ भएको
व्यवस्था सर्वोतम परिणाम दिन्छ । पूजा स्थानका लागि ईशान कोणलाई विशेष महत्व दीइएको छ । यस स्थानमा कूड़ा , फोहोर राख्नु , स्टोर , ट्वाइलेट आदि बनाउन वर्जित छ |

आग्नेय कोण

दक्षिण र पूर्व मध्यको कोणीय स्थान आग्नेय कोणका नामले जान्न सकिन्छ । नामले नै स्पष्ट हुन्छ कि यो स्थान अग्नि देवताको प्रमुख स्थान हो । त्यसैले भान्सा अथवा अग्नि सम्बन्धि ( इलैक्ट्रॉनिक उपकरण आदि )
राख्नकालागि यो विशेष स्थान हो । शुक्र ग्रह यस दिशाका स्वामी हुन् ।
आग्नेयलाई वास्तुसम्मत निवासिहरुको उत्तम स्वास्थ्यका लागि जरूरी हुन्छ।

नैऋत्य कोण

दक्षिण र पश्चिम दिशाको मध्य स्थानलाई नैऋत्य दिशाको नाम दिइएको छ । यस दिशामा निरूति अथवा पूतनाको आधिपत्य रहन्छ । ज्योतिषका अनुसार राहू र केतु यस दिशाका स्वामी हुन् । यस क्षेत्रको मुख्य तत्व पृथ्वी हो ।

पृथ्वी तत्वको प्रमुखताका कारण यस स्थानलाई माथि उठेको गह्रुङो बनाएर राख्नु पर्छ । यस दिशामा खाल्टो , बोडिँग , कुवा इत्यादि हुनुहुदैन ।

वायव्य कोण

उत्तर र पश्चिम दिशाका मध्यको कोणीय स्थानलाई वायव्य दिशाको नाम दिइएको छ । यस दिशाको मुख्य तत्व वायु हो । यस स्थानको प्रभाव छिमेकी , मित्रहरु र सम्बन्धि सँग राम्रो र नराम्रो सम्बन्धको कारण बनाउछ । वास्तुको सही उपयोगले यसलाई सदोपयोगी बनाउन सकिन्छ ।
http://www.ejamana.com

No comments:

Blog Archive

Followers