Tuesday, January 13, 2009

अभयराज शाक्य, साढे चार सय वर्षअगाडिका प्राविधिज्ञ

नेपाली कालिगडी र माटो उद्योगको अतुलनीय नमुनाका रूपमा रहेको पाटनको प्रसिद्ध महाबौद्ध मन्दिर सिर्जना गर्नेको नाम हो- अभयराज शाक्य । अभयराजलाई खानी र माटो विशेषज्ञका रूपमा हामी संझिरहन्छौँ । पाटनकै महाबौद्ध टोलका निवासी शाक्य कलाकार र माटो विशेषज्ञ प्राविधिज्ञ र बौद्ध आचार्य थिए । उनले कान्तिपुरका राजा रत्न मल्ल (सन् १५०१ तिर) को शासनकालमा नेपालमा पहिलोपटक तामाको घाउ खानीबाट तामाको पैसा बनाउने पनि गरेको बताइन्छ । उनले चित्लाङ्गमा तामाको घाउ खनी-खोजी घाउ खारेर शुद्ध तामाबाट ढयाक-पैसा बनाएका थिए । त्यसैले उनलाई खानी विशेषज्ञ पनि भनिन्छ । एक-एक इँटमा बुद्ध मूर्ति र चारैदिशामा चार ठूला-ठूला माटाका चतुर महाराजका मूर्तिले सजिएको महाबौद्ध मन्दिर बनाउने वैज्ञानिक शाक्यकै मिहिनेतकै फलस्वरूप आज देश-विदेशमा नेपाली माटोको कलाको खानि रहेको देखिन्छ । उनी बहुप्रतिभाशाली व्यक्ति थिए । खानी र माटोका विशेषज्ञ शाकय एक दक्ष वास्तुकलाविर हनुका साथै नाप नक्साको राम्रो ज्ञान भएका, बौद्ध धर्म र दर्शन एवं योगका आचार्य पनि थिए ।

Source:http://hamrosamachar.com

No comments:

Blog Archive

Followers