Tuesday, January 13, 2009

निष्ठानन्द बज्राचार्य, हाते प्रेस/लिथोमेसिनका निर्माता

खानी विशेषज्ञ देवराज शाक्यको संगत भएका शिक्षित वैज्ञानिक एवं प्राविधिज्ञमा काठमाडौँका पण्डित निष्ठानन्द बज्राचार्य पनि थिए । नेपाल भाषाका गद्यगुरु निष्ठानन्द बज्राचार्यले नेपालमा पहिलोपटक हातेप्रेस अर्थात् लिथो मेसिन निर्माण गरेका थिए । उनले वि.सं. १९६७-६८ तिर निर्माण गरेको उक्त लिथो मेसिन कन्तुर आकारको थियो । त्यसमा कम्पोज गरिएको अक्षर राखी रोलरले मसी दली त्यसमाथि कागज राखेर छापिन्थ्यो । नेपाल भाषामा लिखित आफ्नो गद्यग्रन्थ 'ललित विस्तार' मुद्रण गर्ने इच्छाअनुसार कलकत्ता गएर अक्षर छाप्ने टाइप किनेर उनले यो मेसिन आप्नै बुद्धिवर्कत लगाएर बनाएका थिए । छापाखानाको स्थापना र पुस्तकको प्रकाशनबिना साँस्कृतिक सामाजिक, धार्मिक ज्ञानको प्रचार-प्रसार हुनसक्दैन भन्ने ठानेर आफ्नो अदम्य साहस, उत्साह र जाँगरको बल लिथोमेसिन बनाएर उनले एकातिर आफ्नो प्राविधिक क्षमताको परिचय दिए भने अर्कोतिर उनले नेपाल भाषा र बौद्धधर्मको जागरणमा ठूलो योगदान दिए । उनले ठूलो साहसका साथ नेपाल भाषाका रचना लेख्ने, छाप्ने र प्रचार-प्रसार गर्ने कार्य गर्दै आफ्नो जीवन बिताए ।

source:http://hamrosamachar.com

No comments:

Blog Archive

Followers