Monday, January 12, 2009

गोपाल पाण्डे, गणितज्ञ पं.

राणा शासनको अन्धकारमा पनि एउटा बलियो प्रतिभाका रूपमा गेहेन्द्र शमशेरभन्दा बीसौं वर्षअगाडि जन्मेका पण्डित गोपाल पाण्डेले मूलरूपमा गणितको क्षेत्रमा ठूलो योगदान दिएका थिए । साधारणतया वर्गमूल गर्ने विधि भएको अंकगणितमा उनले घनमूल ल्याउने सरल र उपयुक्त विधि निकालेका थिए । भारतका प्रख्यात गणितज्ञ वायूदेव शास्त्रीबाट गणितको शिक्षा पाएका गोपाल पाण्डेले वर्गमूल र घनमूल निकाल्ने सरल र बढी उपयुक्त विधि निकालेर १९४० सालमा 'व्यक्तचर्न्द्रीका' नामक गणितसम्बन्धी पुस्तक प्रकाशित गरेका थिए । वि.सं. १९०४ तिर जन्मेका पाण्डेले हिन्दी भाषामा इहलौकिक र परलौकिक बिषयमा विभिन्न मत-मतान्तरको चर्चा गर्दै 'लोकानुस्मृति' नामक पुस्तिका पनि प्रकाशित गरेका थिए । उनी परलोक र इहलोकबारे वैज्ञानिक विचार राख्दथे । उनले 'भूभ्रमण विचार' नामक पुस्तिका लेखी 'पृथ्वी घुम्छ' भन्ने कुरालाई पुष्टि गरेका थिए । सूर्यले पृथ्वीलाई चक्कर काट्छ भन्ने धार्मिकहरूको विचारलाई खण्डन गर्दै उनले यो पुस्तिका लेखेको देखिन्छ । शिल्पकला र ज्योतिषशास्त्रका सिद्धहस्त व्यक्ति पाण्डेले स्थापित (इन्जिनियर) भएर राणाशासक रणोद्वीपको पालामा महाकालदेखि उत्तरतिरको खेतलाई पुरेर टुँडिखेल बनाएका थिए । यसरी गणितको क्षेत्रमा अविस्मणीय योगदान दिएर पाण्डेको वि.सं. १९८७ को माघ शुक्ल पक्षको एकादशीका दिन काशीमा मृत्यु भएको थियो ।

No comments:

Blog Archive

Followers