Saturday, January 17, 2009

लामखुट्टेको शरीरको रगतको सुराकीबाट एक अपराधीलाई पक्राउ

लामखुट्टे कुनै काममा आओस्, नआओस्। तर कसैलाई जेलसम्म पुर्‍याउन भने मद्दतगार हुने भएको छ। फिनल्यान्डको प्रहरीले लामखुट्टेको शरीरको रगतको सुराकीबाट एक अपराधीलाई पक्राउ गरेको छ। प्रहरीले गरेको आशंकाअनुसार त्यो व्यक्ति एक कार चोर हुनसक्छ। २००८ को जून महिनामा फिनल्यान्ड हेलन्सिकीदेखि ३८० किलोमिटर टाढा लापुआबाट एक कार चोरी भयो। प्रहरीले यो कार २५ किमि टाढा एक रेलवे स्टेसनमा फेला पार्‍यो। इन्स्पेक्टर पालोमाएकीका अनुसार गस्ती प्रहरीले कारको जाँच गर्दा एउटा लामखुट्टेलाई पनि समात्यो। पुलिसको आशंकाअनुसार त्यस लामखुट्टेले चोरको रगत चुसेको हुनुपर्छ। त्यस लामखुट्टेबाट रगतको स्याम्पल लिएर त्यसको जाँच गरियो। प्रहरीको रेकर्डको आधारमा संदिग्धलाई रगतको पहिचान गरी पक्राउ गरियो। कारमा रहेका दुवैजनालाई पक्राउ गर्दा एउटाले मैले कार चोरेको होइन, लिफ्ट मात्र लिएको हुँ भनेर जवाफ दिएको थियो। अब अदालतले लामखुट्टेको रगतको नमुनाअनुसार अपराधीलाई जेल चलाउने कि नचलाउने फैसला गर्नेछ।

No comments:

Blog Archive

Followers