Friday, January 23, 2009

प्रा डा अभि सुवेदी


चर्चित साहित्यकार प्रा डा अभि सुवेदी त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष भन्दा बढी समय पढाएर सेवानिवृत्त हुनुभएको हो । विसं २००२ सालमा तेह्रथुममा जन्मनुभएका सुवेदी सर विदार्थीहरुलाई औधी माया गर्नुहुन्छ । अंग्रेजी विषयको अध्यापन र लेखनमा संलग्न भई पाठकको मन जित्न सफल डा सुवेदीका कृति पढ्न धेरै उत्सुक हुने गरेका छन् । भृकुटीमण्डपमा भएको पुस्तक मेलामा प्रमुख अतिथि भएर सूक्तिसुधाको विमोचन गरेपछि पुस्तक किन्दै उहाँलाई हस्ताक्षर गराउने फ्यानको बीचबाट समय निकालेर पीपलमणि सिग्देलले गर्नुभएको कुराकानीको अंश -?



आजभोलि कसरी समय बिताउँदै हुनुहुन्छ ?
अचेल खुब पढिराखेको छु, पढ्न त ६-७ वटा किताब पढ्छु । मेरो आफ्नो अनुभवहरु धेरै थरिका भएछन् । ती विविध थरिका अनुभव आफैभित्र राख्दा मजा हुँदोरहेनछ । ती अनुभवहरुलाई लेखेर प्रकाशित गर्न चाहन्छु । त्यसका लागि एउटा किताब नै हुने किसिमको तयारीले लेख्दैछु ।



अहिले नेपाली लेखनको स्थिति कस्तो छ ?
नेपाली लेखनमा धेरैथरीका प्रयोग भइराखेको छन् । आधुनिकतावादी प्रयोग होइन तर प्रयोग गर्ने तरिका र चिन्नतनहरु फरक छन् । आधुनिक किसिमको पहिलाको जस्तो अगाडि जाने अग्रभार भन्छन् त्यस्तो किसिमको मात्र छैन त्यो पनि प्रयोगमा देखिन्छ । एकथरी गजल भनेपछि मोतीरामतिर र्फकने प्रयोग पनि छ । अर्को जापानको हाइकु लिएर लेख्ने प्रयोग पनि छ । त्यो सरल प्रयोग पनि छ र विदेशीको सजिलो प्रयोग पनि हो । त्यो कुन सस्कृतबाट निस्केको या जन्मेको हो तर त्यो सस्कृतभित्र कतिसम्म पसियो हामीले लेख्दा के हुन्छ त्यो पनि आफ्नै ठाउँमा छ । त्यो पनि एउटा देखियो अनि अर्कोतिर सरल कविताहरु लेखिने देखियो । अनि अर्को कुराचाहिँ यो राज्यमा राजनैतिक परिवर्तन भयो । त्यसमा सिधै सम्बोधन गरिएको पनि देखियो । त्यो सम्बोधन पनि दुईथरीको देखियो एक थरी प्रतिकात्मक ढंगले अलि स्पष्टै हुने देखियो, अर्को थरीचाहिँ यो माओवादी जनयुद्धवाट प्रभाति कविहरुले सिधै लेखेको पनि देखियो । यी विभिन्न धारका साहित्यहरु आएका छन । अनि अर्को मलाई सबै भन्दा चाख लाग्दोचाहिँ यो देशका विभिन्न परम्परा, जनजातिदेखि लिएर वर्गीय,? क्षेत्रीय, भौगोलिक ठाउँमा साहित्यहरु एकदम निस्किराखेका छन् तर चाखलाग्दो हामीसँग आइपुग्ने माध्याम नेपाली भाषा नै भएको छ किनभने अरु भाषा जानिदैन ।



अनि तपाईचाहिँ केका लागि लेख्नुहुन्छ ?
म त अब दुई वटा विषयमा लेख्ने हो । एउटा अस्मितासँग जोडिएको छ । जब लेख्न थालें, लेख्न थाल्दाखेरी जुन आदिम स्पन्दन हो त्यो अझै छ । पछि लेख्नुभनेको स्रोतासँग सम्प्रेषण गर्नु हो भन्ने विश्वास लाग्यो ।



पढ्नु, पढाउनु र लेख्नुमा कति फरक छ ?
अन्तर छैन, मान्छेले कसरी लिन्छ त्यो महत्वपूर्ण हुन्छ । हामीहरुच्ाहि कस्तो भयौ भने हाम्रो अवतार नै अर्को लिन सकिदैन । पढ्नु, लेख्नु कलेवर नै भइसकेको छ । घरभित्रै बसिरहँदा पनि एकान्तमा बसेर? झ्यालबाट वाहिर भँगेराहरु र पानी परिराखेको हेरेर बस्दा पनि लेख्न मन लाग्दो रहेछ । अप्ठ्यारो एउटा भाषाको किताव पल्टाएर बसिदोरहेछ । मैले अकस्मात पत्ता लगाएँ ज्याक डोरीडाको किताव लिएर बसिदो रहेछ जुन अत्यन्त जटिल छ । त्यति हुँदाहुँदै पनि सिर्जना गर्ने मान्छेलाई के हुदो रहेछ भने जे सुकै पढियोस् त्यसभित्र आप\mनो एउटा काल्पनिक अभिव्यञ्जना आफुभित्रको आन्नद, संसार, जगत, जीवन आदिको कुरा चाहिँ आइरहँदो रहेछ ।



तपाईं कस्तो कस्तो कृति पढ्नुहुन्छ ?
धेरै किसिमको पढ्छु किन भने अहिले चाहिँ विषयवस्तु यसरी छुटिंदैन । अब तपाईं अत्यन्तै भावनात्मक कृति पढ्दै हुनुहुन्छ भने त्यसमा समाज छ, इतिहास छ, क्राति छ, सबै थोक छ ।?



पछिल्लो पटक कहिले रुनुभयो ?
रुने विषय त खासै मैले सम्भिmनँ तर रुन त रोएको छु । पढेर रुने त के ठेगान छ र म त अस्ति अनेक कुरा खेल्दाखेल्दै मच्छिन्द्रनाथको रथ हेरेर रोएँ ।



रथ ढल्दाखेरी हो कि ?
होइन, त्यसै आप\mनो ठाउँमा बसेर हेर्न गएँ । पछि किन रोयछु, आँसु किन भित्रदेखि आएछ थाहा नै भएन । मान्छेको चरित्र अनि त्यसमा मानिसको स्पर्श तथा चाहना नै विषय होलान् । साधारण मानिसको दुस्ख देखेर पनि रुने गर्छु ।



जीवनचाहिँ के हो ?
फर्मुलाबाट जीवन कसरी हेर्ने त ? सारांशमा जीवन भनेको एउटा अत्यन्तै सुदर घटना हो जस्तो लाग्छ । समस्या छन्, जटिलता छन्, बढो गाह्रो छ तैपनि एउटा राम्रो घटना हो जीवन । मैले जहिले पनि त्यसरी नै हेरेको छु । दर्शनहरुले धेरै भनेका छन््, जीवन रङ्गमय या सप्तरङ्गी अनेक उपनामले तर त्यसरी अर्थ आउँदैन ।



विश्वविद्यालयमा कति वर्ष पढाउनुभयो ?
अवकाशको बेला विश्वविद्यालयको चिठीका ३६ वर्ष ६ महिना २४ दिन पढाएको भनी लेखेको थियो । तर अहिले पनि पढाउँदै छु । म अहिले एमफिल कक्षामा पढाउँदै छु ।



कसरी पढ्न सुरु गर्नुभयो ?
पहिले आमाले पढाउनुभयो । सुरुमा मैले देवनागरी नसिकी वंगाली अक्षर जानेको हुँ । आमा महाभारतको पुस्तक काशीराम दासको कोठामा पढ्नुहुन्थो । म काखमा बस्थें, अक्षर हेर्दौ त्यो पढ्न थालें । अहिले वंगालीको क पनि जान्दिनँ तर पनि पढ्छु । त्यसरी महाभारतबाट पढ्न सुरु गरें ।




अनि लेख्नु पढ्नुको अतिरिक्त के गर्नुहुन्छ ?
खाना बनाउन त्यति ढंग छैन । म घुम्न अत्यन्तै मन पराउँछु । घुम्ने मेरो ठूलो सोख छ ।



विवाह कहिले गर्नुभयो ?
समय त श्रीमतीलाई याद थियो कि ? अँ, अक्षय तृतीयाका दिन हो ।?



श्रीमतीको के कुराले प्रभावित हुनुभयो ?
उनी पनि साहित्यक मान्छे हुन् । उनको पनि २ वटा उपन्यासका किताब निस्किसकेका छन् । अरुको जस्तो तडकभडक गर्ने बाहाना नभएको अनि सिर्जनशील त्यस्तो लागेर प्रभावित छु ।??



कतिलाई पढाउनुभयो त ?
धेरैलाई पढाएँ, संख्या त सम्झना हुने कुरो भएन । अहिलेका चर्चित व्यक्तित्व प्रचण्ड, कमल थापा, राजेश गौतम, केशर विष्ट, लीलामणि पोख्रेललगायत अन्य कवि, लेखकहरुलाई पढाएँ ।



तपाईंको महत्वाकांक्षा अब के छ ?
अनौठो नै छ, मेरो महत्वाकांक्षा छैन । केबल आकांक्षामात्र छ । देशमा एकदमै छिटो स्थायित्व होस् । हामीले धेरै दुःख पायौं । एक्काइसौं शताब्दीमा आइपुग्दा पनि सानोसानो कुरामा झगडा भइरहेको छ । अनि धेरै समयचाहिँ सामान्ती संस्कारहरुको सेवामा वितायौँ । त्यसको छिनोफनो भइजाओस् ।



तपाईमा कमजोरी के छ ?
धेरै छ नि, अहिले भन्यो भने त १५ मिनेटले के भ्याउँछ र ?



राम्रो पक्ष ?
मेरो राम्रो पक्ष म कसैलाई नोक्सान नहुने गरी रुन्छु । अनि लेख्ने बेलामा अत्यन्त प्रेमले मानिसको संसारलाई सोच्छु । मलाई त्यही दुई वटा कुरा मन पर्छ । अनि विद्यार्थीहरुलाई अत्यन्तै मन पराउँछु र मेरो जीन्दगीका साथी भनेको पनि जम्मै विद्यार्थीहरुनै हुन् ।



अन्त्यमा, विश्वमा छरिएका नेपालीलाई के सन्देश छ ?
एउटा साझा अनुभुति तथा साँस्कृतिक रुपले र भावनात्मक रुपले विश्वभरीका नेपालीहरु सँगै छौं भन्ने बुझिन्छ । धेरै देखें, नेपालीहरु जहाँजहाँ गए पनि त्यहाँ सबै नेपालीहरुको साझा अनुभूति भएको पाएको छु । त्यो असाध्यै राम्रो कुरा हो ।?

source:http://www.nepalipatra.ne

No comments:

Blog Archive

Followers