Tuesday, January 6, 2009

मोवाइल २० वर्षको युवा भयो

मोवाइल फोनले आज संसारको रंगरुपनै बदल दिएको छ । यसको पछाडि काम गर्ने प्रविधि यसै साता २० वर्ष पुरानो भएको छ ।

संचारका क्षेत्रमा ग्लोबल सिस्टम फर मोबाइल (जिएसएल) अर्थात विश्वब्यापी ब्यवस्थामा आधारित मोवाइल नेटवर्क तयार गर्न ७ सेप्टेम्बर १९८७ मा १५ फोन कम्पनीले एक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । जिएसएम एशोसिएशनका अनुसार आज अढाई अर्बभन्दा बढी मानिस मोवाइल प्रविधिको प्रयोग गर्छन् ।

विकासशील मुलुकमा यसको प्रयोग लगातार बढ्दै गएकाले यसको लोकपि्रयता निकै रहेको बुझिन्छ ।

जिएसएम एशोसिएशनका प्रमुख रबर्ट कान्वे भन्छन, 'यो प्रविधिमा पहिलेदेखि नै निकै काम भइरहेको थियो । तर १९८७ मा भएको सम्झौतापछि विश्व मोवाइल उद्योगमा आधारित नेटवर्क बनाउन जुट्यो । ' उनका अनुसार जिएसएमलाई मान बनाएपछि पनि यसको ब्यापक क्षमताको अन्दाज कसैलाई थिएन । त्यसबेला देखि जिएसएम मोवाइल प्रयोग गर्नेको संख्या लगातार बढ्दै गइरहेको छ ।

रोबर्ट कान्वे एक समय धनी व्यक्तिको साथमा मात्र देखिने मोवाइल सेट अब हरेक व्यक्तिको आवश्यकता बनिसकेको मान्छन् । जिएसएम एशोसिएशनको तथ्याड्ढकका अनुसार मोवाइल फोनको कनेक्सनको संख्या एक अर्ब पुग्न १२ वर्ष लागेको थियो । जवकि यही संख्या ३० महिनामा दुई अर्बसम्म पुग्यो ।

रोबर्ट कान्वे बताउँछन् कि विकासशील कुलुकमा पनि अब मानिसको काम मोवाइलविना चल्दैन । किनकि अब मोवाइल ह्याण्डसेट र नटवर्क कनेक्सन फिक्स फोन भन्दा सस्तो भएको छ ।

रोबर्टका अनुसार अरबौं मानिसको हातमा मोवाइल हुनु यसको सुरुवात मात्र हो । यो प्रविधिबारे धेरै अनुसन्धान हुन बाँकी नै छ ।

उनी भन्छन्, आउने समयमा तपाईको कपडा, तपाईको जुत्ता र तपाईको कारमा पनि यही प्रविधिले काम गर्नेवाला छ ।

उदाहरणका लागि मोवाइलको यो सर्वव्यापी प्रविधि स्वास्थ्यको क्षेत्रमा पनि क्रान्ति ल्याउन सक्छ । मानिस कम्प्युटर मोनिटर लगाएर हिँड्ने छ । जसबाट उसले महत्वपूर्ण जानकारीहरु एकत्रित र प्रसारण गर्न सक्छ ।

No comments:

Blog Archive

Followers