Saturday, January 17, 2009

हेल्थ प्रब्लम -एक्युट ब्याक्टेरियल मस्टाइटिस (स्तनको सूजन)

यो विशेषतः महिलाहरुले स्तनपान गराउने समयमा देखिने अवस्था हो। विशेषतः स्तनको मुन्टामा चिरा परेको, वा कुनै घाउ खटिरा आएको, वा स्तनको मुन्टो भित्र पसेको जसको कारण उचित सरसफाइमा समस्या, वा स्तनपान गर्ने शिशुको मुखमा कुनै किसिमको संक्रमण आदिको कारण यो अवस्था देखिन सक्छ। यो स्तनमा कुनै कारणवस जमेको रगतमा संक्रमण भएर पनि हुन सक्दछ। विशेषतः यो अवस्थाको निमित स्टाफाइलोकोक्कस अरियस नाम गरेका किटाणु जिम्मेवार हुन्छ, जुन स्तनको मुन्टो हुंदै भित्र प्रवेश गर्दछ र दूध निष्काशन गर्ने नलीहरुमा गई दूधलाई जमाउने काम गर्दछ। त्यसरी जमेको दूधमा यो किटाणुको संख्या दू्रतगतीमा विकास हुन्छ र अवस्था अझ विकराल बन्न जान्छ। दूध राम्ररी निस्कन नपाई, दूध रहने नलीहरुमा हुने तनावको कारण यो अवस्था निकै पिडादाई हुन्छ।
लक्षणहरु:
० स्तनको सूजन
० स्तनको दुखाई
० स्तनको कडापन
० स्तन छुंदा दुख्नु
० स्तन छाम्दा तातो महसुस हुनु
० दूध सेवन गराइरहेकी महिला
यदि समयमै उचित ध्यान दिएर उपचार गराउन सकिएन भने स्तनमा पीप जम्ने, रगतमा विषाक्त पदार्थको प्रचुरता हुने तथा स्तन वरिपरिको छाला कुहिएर जाने लगायतका जोखिम हुन सक्छन्।
निदान:
० लक्षणको आधारमा
उपचार:
बच्चालाई स्तनपान गराउन रोक्नुपर्छ। स्तनको सरसफाईमा पर्याप्त ध्यान दिनु पर्दछ। यसका अलावा उपयुक्त सुरक्षित होमियोप्याथिक औषधीको सेवन गर्नु पर्दछ, जसले तत्काल मात्र उपचार नगरी भविष्यमा पनि त्यस किसिमको अवस्था आउन नदिन सहयोग गर्दछ। यसरी दक्ष होमियोप्याथिक चिकित्सकले उक्त विरामीको सम्पूर्ण अवस्थाको चित्रण पश्चात उपयुक्त औषधीको छनौट गर्ने गर्दछन्। यसरी प्रयोगमा आउन सक्ने औषधीहरुमा ब्रायोनिया, फाइटोलाका, कोनियम आदि रहेका छन्।
http://www.weeklynepal.com

No comments:

Blog Archive

Followers