Tuesday, January 13, 2009

लक्ष्मीपति पाण्डे, धूपघडीमा निर्माता गणितज्ञ

वि.सं. १८१६ वैशाख २७ गोरखाको गाईखुरमा जन्मेका लक्ष्मीपति पाण्डे ज्योतिष विद्या अध्ययन गरेर राजा रणबहादुर शाहको पालामा दरबारिया ज्योतिषी नियुक्त भएका थिए । परराष्ट्र विभागमा तालुकवाला नियुक्त भएमा ज्योतिषशास्त्री पाण्डे रुढिवादी ज्योतिषी भने थिएनन् । अत्यन्त कर्मठ र मौलिक विचार भएका लगनशील व्यत्ति पाण्डेले बहादुर शाहका पालामा युद्धक्षेत्रमै गई सहयोग गरेका थिए । उनले बहादुर शाहको आज्ञाअनुसार वि.सं. १८४७ म राजा रणबहादुर शाहका लागि धूपघडी बनाएर विशिष्ट योगदान दिएका थिए । शास्त्रीय ज्योतिष पद्धतिअनुसार बनाइको उक्त धूपधडीबाट समयको ज्ञान लिनतिरै सहयोग मिलेको थियो । डेढ फिट व्यासको तामाबाट बनेको यो धडीको अध्ययन गर्ने वैज्ञानिकहरू भन्छन्- यो घडी परिस्कृत वैज्ञानिक उजपका रूपमा देखिन्छ । यो घडी पाण्डेको महानतम वैज्ञानिक योगदानका रूपमा लिन सकिन्छ । उनले जमीनको सतह मिले-नमिलेको पत्ता लगाउने 'तुरीय यन्त्र' नामका वैज्ञानिक उपकरण बताएका थिए । यो उपकरणबाट नताश र उन्नताङ्ग पनि नाप्न सकिने यो उपकरण हस्तिहाडले बनेको छ । हस्तिहाडबाटै उनले छायाँ परेको हिसाब गरी दिनको कति समय बित्यो र कति बाँकी छ भन्ने जान्न सकिने अर्को उपकरण "शंकु" पनि बनाएका थिए । अंकसमेत कुँदिएको, अत्यन्त सरल खालको यस उपकरणबाट बार्‍है महिनाको समय निकाल्न सकिन्छ । त्यस्तै उनले 'चन्द्रकला' नामक महत्वपूर्ण चित्र बनाई चन्द्रको कला किन थपघट हुन्छ ? चन्द्रग्रहण र सूर्यग्रहण किन हुन्छ भन्ने रहस्यको वैज्ञानिक व्याख्या गरेका थिए । सामाजिक सेवामा लागि परिरहने पाण्डेले गणितमा पनि विभिन्न पुस्तक लेखेर उल्लेखनीय योगदान गरेका देखिन्छ । दर्जनौँ किताबका लखेक, गणितज्ञ एवम् ज्योतिषशास्त्री पाण्डेको वि. सं. १८८८ को जेठ १२ का दिन ७३ वर्षको उमेरमा काशीमा निर्वासनको स्थितिमा मृत्यु भएको थियो ।
Source:http://hamrosamachar.com

No comments:

Blog Archive

Followers