Wednesday, January 28, 2009

कृष्णप्रसाद भट्टराई शब्दचित्र


लोकतन्त्र एक अविभाज्य सिद्धान्त हो। सच्चा लोकतन्त्रवादीले विश्वका कुनै पनि भागमा हुने लोकतान्त्रिक सङ्घर्षलाई आफ्नै ठान्दछ। अनि ऊ यसनिम्ति प्रतिबद्ध र पूर्ण समर्पित भएर लागिरहन्छ। लोकतन्त्रको स्थापनाले मात्र मानिसको नैसर्गिक अधिकार र गौरव प्राप्त हुनसक्छ। न्याय र सत्यमा प्रतिष्ठित वास्तविक जनसहभागितामा आधारित व्यवस्था नै लोकतन्त्र हो।ू ― कृ।प। भट्टराई नेपाली राजनीतिक क्षेत्रका शिखर व्यक्तित्व कृष्णप्रसाद भट्टराई यही २०६५ पौष कृष्ण द्वादशी ९२१ गते० बाट पचासीमा प्रवेश गर्नुभएको छ। यसै सन्दर्भमा उहाँबारे यो सानो शब्दचित्र तयार पारिएको हो। श्री कृष्णप्रसाद भट्टराईले नेपालको प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पुर्‍याएको कुरा उदाहरणीय र अनुकरणीय छ। कृष्णप्रसाद भट्टराई अर्थात् नेपाली काङ्ग्रेसका नेता एवं कार्यकर्ताहरूले पुकार्ने प्यारो नाम― किसुनजी। गान्धीवादी सन्त नेता मानिने श्री भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्छन्। स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा सुपरिचित हुन् कृष्णप्रसाद भट्टराई। गोर्खा दरबारमा पुरोहित यज्ञेश्वर भट्टराईका छोरा श्रीपति भट्टराई― श्री ५ पृथ्वीनारायण शाहसँग काठमाडौं आएर दरबारमा नै पुरोहित भई बसे। यिनको सन्तति परम्परामा क्रमशः विष्णुहरि, कृष्णलाल, मेदिनीधर, कमलकान्त, विश्वनाथ हुँदै पछिल्लो पुस्तामा संकटाप्रसाद भए। संकटाप्रसादका चार भाइ छोरा― बटुकप्रसाद, नारायणप्रसाद, गोपालप्रसाद र कृष्णप्रसादका नामबाट परिचित थिए। यी चारै भाइ नेपालको प्रजातान्त्रिक आन्दोलनसँग गाँसिएका हुन्। यी चार मध्येका कान्छाचांहि नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता कृष्णप्रसाद भट्टराई नामबाट नेपालको राजनीतिक क्षेत्रमा परिचित बन्न पुगे। राणा प्रधानमन्त्री वीर समशेरको वक्रदृष्टिमा परेका पं। विश्वनाथ भट्टराई सपरिवार बनारस निर्वासनमा गएपछि उनी त्यहींबाट बिहारको रामनगर राज्यका राजाका पुरोहित बन्न पुगे। उनका छोरा संकटाप्रसाद पनि तिनै रामनगर रामराजाका पुरोहित थिए। यिनका चारै भाइ छोराहरू भने बनारसमा बसेर अध्ययन गर्दथे। त्यहींबाट यी चारैजना भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय भएका थिए। दाइहरूको प्रभावले कान्छा कृष्णप्रसाद राजनीतिमा झन अगुवा हुन पुगे। पिता संकटाप्रसाद र माता ललितादेवीका कान्छा छोराका रूपमा वि।सं। १९८१ पौष कृष्ण द्वादशीका दिन जन्मनुभएका कृष्णप्रसाद भट्टराईले विद्यार्थी कालदेखि नै राजनीतिमा प्रवेश गर्नुभएको हो। श्री भट्टराई सन १९४२ को ँअङ्ग्रेज भारत छोडू स्वतन्त्रता आन्दोलनमा सक्रिय सहभागी भएर पहिलो पटक अङ्ग्रेज सरकारबाट पक्राउ पर्नुभएको थियो। सन् १९४५ मा बनारस हिन्दु युनिभर्सिटी स्थित नेपाल छात्र संघको उपाध्यक्षका रूपमा रहेर नेपाली विद्यार्थीहरू बीच राजनीतिक चेतना फैलाउने काममा श्री भट्टराई सक्रिय रहनुभयो। त्यसपछि नेपालको निरङ्कुशतन्त्र हटाउन आन्दोलन गर्नुपर्ने सम्बन्धमा छलफल हुन थाले। बीपी कोइराला र अन्य केही तात्कालीन युवाहरू पहिलेदेखि नै संगठनमा लागेका थिए। नेपालको १०४ वर्ष लामो निरङ्कुश राणातन्त्र समाप्त पारेर संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पहिलो पटक वि।सं। २००३ मा भारतको बनारसमा ँअखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेसू नामक संस्था गठन भयो। देवीप्रसाद सापकोटाको सभापतित्वमा बनेको उक्त संस्थाका महामन्त्री रहनुभएका भट्टराईले वि।सं। २००३ माघमा कलकत्तामा स्थापित नेपाली राष्ट्रिय काङ्ग्रेसमा संगठन मन्त्रीको पद सम्हाल्नुपरेको थियो। भारत स्वतन्त्र भएपछि नेपालभित्रका राजनीतिकहरू र भारतका विभिन्न क्षेत्रमा निर्वासित तथा अन्य नेपालीहरूका बीच छलफल गरेपछि नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस मिलेर वि।सं। २००६ चैतमा नेपाली काङ्ग्रेस गठन भयो। यस गठनपछि सहमहामन्त्रीको पदमा आसीन श्री भट्टराईलाई २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा आफ्नो क्षमता देखाउने अवसर मिलेको थियो। प्रजातन्त्र स्थापनापछि २००८ मा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्ष भएका श्री भट्टराईले २०१६ सालमा प्रतिनिधिसभाका सभामुखको गरिमायम पदको दायित्व वहन गर्नुभएको थियो। प्रखर बौद्धिकता, कूटनीतिक क्षमता एंव सुझबुझका धनी मानिने श्री भट्टराईले त्यसबेलाको संसदीय शासन व्यवस्थामा सभामुख जस्तो विशिष्ट पदमा रहेर राम्रोसँग आफ्नो कुशल नेतृत्व दिनुभएको थियो भन्ने कुरा उहाँका समकालीनहरू बताउने गर्छन्। २०१७ पौष १ गतेका दिन थापाथलीमा सम्पन्न हुँदैगरेको तरुणदलको सभास्थलबाट तात्कालीन प्रधानमन्त्री बीपी कोइरालासँगै तरुणदलको अधिवेशन स्थल त्रिपुरेश्वरबाट पक्राउ परेपछि श्री भट्टराईले निरन्तर १० वर्षसम्म जेल बस्नुपर्‍यो। त्यसपछि पनि पटक-पटक जेल परेका श्री भट्टराईले आफ्नो जीवनमा १४ वर्षभन्दा बढी समय जेलमै बिताउनुपरेको थियो। एक दशक लामो जेल जीवनबाट मुक्त हुनेवित्तिकै २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घ स्थापना समारोहको उद्घाटन गर्नुहुने भट्टराईले विद्यार्थी आन्दोलनलाई सक्रिय पार्न विशेष योगदान दिनुभएको हो। २०३६ को जनमत सङ्ग्रह घोषणा गर्ने परिस्थिति निमार्णका विभिन्न घटना र आधारमध्ये नेपाल विद्यार्थी सङ्घको सक्रिय गतिविधिबाट पनि एउटा प्रमुख आधार तयार भएको हो भन्न सकिन्छ। ९क्रमश।।।० ज्ञ वि।सं। २०३४ मा सम्पन्न भएको पटना सम्मेलनबाट जननेता बीपी कोइरालाले स्वास्थ्यको कारण देखाई श्री भट्टराईलाई नेपाली काङ्ग्रेसको कार्यवाहक सभापति बनाउनुभयो। बीपीको निधनपछि २०३९ मंसीरमा श्री गणेशमान सिंह निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट पुनः कार्यवाहक सभापतित्वमा समर्थित भएका श्री भट्टराईले करिब डेढ दशक कार्यवाहक सभापतिकै रूपमा रहेर नेपाली काङ्गेसको नेतृत्व सञ्चालन गर्नुभयो। नेपाली काङ्ग्रेसको आठौं महाधिवेशन २०४८ कलवलगुडी झापाले सर्वसम्मतिबाट सभापतिमा निर्वाचित गरेपछि २०५३ सम्म सभापतिको विशिष्ट पद सम्हाल्नुभयो। उहाँले करिब १७ वर्ष सभापतिको जिम्मेवारी बहन गरेर पार्टी संगठन सुदृढ पार्नुका साथै विभिन्न लोकतान्त्रिक आन्दोलन सञ्चालन गर्ने काममा ठूलो योगदान पुर्‍याउनुभएको हो। द्द श्री भट्टराईको सभापतित्वकालमा २०४२ को देशव्यापी सत्याग्रह सम्पन्न भयो। श्री भट्टराईले २०४६ को जनआन्दोलन घोषणा भएको क्षेत्रपाटी सम्मेलनको सभापतित्व गर्नुभएको थियो। त्यस जनआन्दोलनको पार्टी सभापतिका रूपमा नेतृत्व गर्नुहुने श्री भट्टराई प्रजातन्त्र पुनर्स्थापना भएपछि पहिलो अन्तरिमकालीन प्रधानमन्त्री बन्नुभयो। त्यसबेला अन्तरिमकालीन विकट परिस्थितिलाई सफलताका साथ समाल्नुभएका श्री भट्टराईले एक वर्षभित्रै संविधान निर्माण र निर्वाचन सम्पन्न गराएर संवैधानिक राजा र जनताद्वारा आफूलाई सुम्पिएको काम सफलताका साथ सिध्याउनुभएको कुरा आज पनि चर्चा गरिन्छ। उहाँले निष्पक्ष एंव स्वच्छ निर्वाचन गराएर पनि नेपाली काङ्ग्रेसलाई बहुमतमा ल्याउनुभयो तर आफूभने पराजित हुनुभएको थियो। घ यसअघि २०१५ मा गोर्खाबाट र २०४८, २०५० र २०५१ मा काठमाडौं क्षेत्र नं। १ बाट निर्वाचनमा भाग लिँदा भने उहाँ पराजित हुनुभएको थियो। श्री भट्टराई २०५६ सालको आम निर्वाचनमा पर्सा क्षेत्र नं। १ बाट प्रतिनिधिसभा सदस्यमा विजय हुनुभयो। यस कारण यो निर्वाचनसम्बन्धी सफलताचांहि उहाँका जीवनको पहिलो घटना थियो। द्ध २०५६ जेष्ठ १३ गते नेपाली काङ्ग्रेसका सभापति एंव प्रधानमन्त्री श्री गिरिजाप्रसाद काइराला प्रस्तावक र पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवा समर्थकका रूपमा रही श्री भट्टराईजीको नाम नेता पदका लागि संसदीय दलमा प्रस्तुत हुँदा नेपाली काङ्ग्रेस संसदीय दलले उहाँलाई सर्वसम्मतिबाट संसदीय दलको नेता पदमा चयन गरेको थियो। अनि सोही दिन श्री भट्टराई प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो। छ यसरी श्री भट्टराई दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको थियो। तर पार्टीभित्रकै विभिन्न आन्तरिक द्वन्द्व र कलहका कारण एक वर्ष नपुग्दै उहाँले पद त्याग गर्नुपर्‍यो। ट श्री भट्टराईले नेपाली काङ्ग्रेसको स्थापना कालदेखि नै बीपी कोइराला, सुवर्णशमशेर र गणेशमान सिंह तीनैजना नेताहरूसँग समान रूपले काम गर्दै आउनुभएको हो। अहिंसात्मक आन्दोलनबाटै प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ अठोट र सङ्कल्प बोकेर करिब डेढ दशक जेल जीवन बिताउने श्री भट्टराईले निर्वासनचाहिं कहिल्यै रुचाउनु भएन। ९ जे गर्नुपर्छ नेपालभित्रै बसेर नेपालबाटै गर्नुपर्छ भन्ने उहाँको विश्वास र आत्मबल नै वास्तवमा उहाँको सफलताको परिचायक हो। पार्टीको आन्तरिक कलह बढ्दै गएर २०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला उनकै नेतृत्वमा पार्टी विभाजित भएर नेपाली काङ्ग्रेस प्रजातान्त्रिकका रूपमा अर्को पार्टी गठन भयो। यसबाट श्री भट्टराई ज्यादै चिन्तित बन्नुभएको थियो। पार्टी विभाजनको त्यस घटनापछि एक प्रकार उहाँ मौन बस्न थाल्नुभयो। ९ यद्यपि पार्टी विभाजनपछि श्री भट्टराईजीलाई धेरैले आरोप पनि लगाएका थिए त्यसबेला। शेरबहादुरले उनकै निर्देशनमा पार्टी फुटाएका हुन् भन्नेहरू पनि थिए। ठ २०५० मा श्री भट्टराईलाई आफ्नै पार्टीकाहरूले अन्तर्घात प्रणालीबाट निर्वाचनमा हराएपछि धेरैले सल्लाह दिएका थिए पार्टी फुटाउनुपर्छ भनेर। पार्टीको केन्द्रीय समितिको दुईतिहाइ संख्या र संसदको ४५ प्रतिशत जतिले भट्टराईजीलाई पार्टी फुटाउने कुरामा साथ दिएका थिए। तर उहाँले भन्नुभएथ्यो― बरु म मेटिन तयार छु तर पार्टी फुटाउँदिन। त्यसकारण पार्टी फुटाउने पक्षमा उहाँ कहिल्यै रहनुभएन। जब फेरि पार्टी एक भयो, अनि पार्टीको संयुक्त एकतासभामा उहाँ उपस्थित हुनुभएको थियो। ड यद्यपि ुराजतन्त्रुबारे उहाँको छुट्टै मत रहेको थियो। जनआन्दोलनपछि पनि उहाँ तत्कालै राजा हटाउने पक्षमा देखिनुहुन्न थियो। अहिलेको गणतन्त्रीय नेपाल र नेपाली जनसमुदायको आकाङ्क्षा विपरित उहाँले राजतन्त्रका पक्षमा बोल्नुभएपछि चांहि उहाँ आलोचित हुनुभएको हो। ढ नेपाली काङ्ग्रेसभित्र सबैभन्दा बढी राजा विरोधी र राजप्रवृत्ति विरोधी व्यक्तिका रूपमा उहाँ परिचित रहँदै आउनुभएको थियो। २०२५ मा बीपी, गणेशमान आदि प्रायः सबै राजनीतिक बन्दीहरू तात्कालिन राष्ट्रिय एवं अन्तराष्ट्रिय परिस्थिति विचारेर केही शर्त मान्दै द्धजेलमुक्त भएका थिए। तर भट्टराईजीले― आफूलाई कागज नगराई जेलमा ल्याएको हुनाले त्यसैगरी छोड्नुपर्छ। कागज नगर्ने भनेर अडान लिएका कारण दुई वर्ष अरू थप जेल बसेर २०२७ मा मात्र छुटेको घटना विदितै छ। ज्ञण् २०४६ को जनआन्दोलनपछि उहाँले गरेको अन्तरिम सरकारको नेतृत्व सञ्चालनको सुझबुझ र क्षमता पनि प्रमाणित भएकै हो। तर पनि बेला-बेलाचांहि उहाँका केही अभिव्यक्तिहरू आलोचित बन्ने गरेको कुरा नयाँ घटना होइन। समय समयमा केही अनौठा अभिव्यक्ति दिनु पनि एकप्रकार भट्टराईजीको पहिचानकै विशेषता बनेको छ। ज्ञज्ञ राजा ज्ञानेन्द्रले २०६१ माघ १९ देखि एकतन्त्रीय प्रत्यक्ष शासन सुरु गरेको केही महिना पछि अर्थात २०६२ पौष ३ गते कान्तिपुरमा श्री भट्टराईको एउटा वक्तव्य आएको थियो― ँ२०६१ माघ १९ गते राजाले खोसेको अधिकार फिर्ता गरिनुपर्छ। अधिकार फिर्ता गरेमा राजाकै प्रतिष्ठा जोगिन्छ। मुलुकको दैनिक प्रशासन हेर्ने काम राजाको होइन। चुनाव, झै-झगडा, गाली-तालीको प्रपञ्च व्यहोर्ने काम पार्टीहरूको हो। दलहरू आउने जाने प्रक्रिया स्वाभाविक हो। दलहरू आउँछन्, आफ्ना्े समयमा एउटा कुनै चमत्कार गर्छन जान्छन्। दल भनेका अस्थायी हुन्। राजा भनेको स्थायी हो। राजामाथि नै अश्रद्धा, वितृष्णा र अविश्वास उत्पन्न भयो भने प्रतिष्ठा नै गुम्छ। एकपटक प्रतिष्ठा गुमेपछि फर्केर आउँदैन। त्यसकारण वर्तमान संकट समाधानको पहल राजाबाटै हुनुपर्छ। माओवादीलाई मारेर सिध्याउँछु भन्नुहुँदैन उनीहरू पनि नेपाली हुन्। माओवादीले पनि हतियार बिसाएर राजनीतिमा आउनुपर्छ। माओवादीले गरेको युद्धविराम र विभिन्न राजनीतिक दल र माओवादी बीचको सहमति वार्ताको स्वागत गर्दछु।ू ज्ञद्द त्यसबेला यस वक्तव्यको सबैतिरबाट स्वागत र समर्थन भएको थियो। अनि भट्टराईजीका बारेमा भनिएको थियो― एउटा राजनेतामा हुनुपर्ने सुझबुझ, समयको पहिचान र नेतृत्व क्षमता भट्टराईजीमा छ भन्ने कुराको प्रमाण हो― यो वक्तव्य। धेरै दिनपछि बोलेका भट्टराईले उपयुक्त समयमा दिएको सटीक वक्तव्य हो आदि।।।। वास्तवमा त्यसबेला उहाँको यस्तो अभिव्यक्ति साँच्चै नै महत्त्वपूर्ण थियो।अहिले त यो कुरा इतिहास बनिसकेको छ। राजनीतिक परिदृश्यहरू प्रत्येक क्षण बदलिंदै गएका छन्। बदलिंदो परिस्थिति र जनचाहनाअनुसार नै नेताहरूले बोलिदिनुपर्छ भन्ने धारणा जनतामा हुनु स्वाभाविक हो। तर कतिपय अवसरमा त्यस्तो नहुँदोरहेछ। जनआन्दोलन पछि राजा हटाउने निर्णय भई रहेकै बेला राजतन्त्रको समर्थनमा दिएको वक्तव्यका कारण श्री भट्टराईजीबारे विभिन्न खाले टीकाटिप्पणी भएको कुरा पनि अब त इतिहास बनिसकेको छ। यो प्रसङ्ग यति नै। ँनेपाली काङ्ग्रेसजस्तो निरन्तर संघर्षशील पुरानो र विशाल पार्टी

-डा. तसी भट्टराई (27 January 2009)
source www.nepalbritain.com

No comments:

Blog Archive

Followers