Saturday, January 17, 2009

मुटुरोग लाग्ने खास कारण

ग्रिकका वैज्ञानिकहरूले कृत्रिम तवरले मानिसको हृदयाघातको सम्भावनासम्बन्धी तथ्यांक संकलन गर्ने संयन्त्र निर्माण गरेका छन्। मानिसको चालचलन, बानी–व्यवहारजस्ता कुरालाई आधार मानेर हृदयरोग लाग्ने सम्भावित तथ्यांक बताउने संयन्त्र वैज्ञानिकले निर्माण गरेका छन्। अनलाइन प्रोसेसिङ नाम दिइएको सो प्रक्रियामा तनाव, धूमपान, पारिवारिक पृष्ठभूमि, रक्तचाप, मधुमेह, खाना, मोटोपन आदिलाई आधार बनाई चिकित्सकले सम्बन्धित व्यक्तिलाई हृदयरोग लाग्नसक्ने सम्भावनाका बारेमा जानकारी गराउनेछन्।

No comments:

Blog Archive

Followers