Tuesday, January 13, 2009
देवराज शाक्य, तामाखानी विशेषज्ञ
नेपालमा पनि सयौँ वर्ष अगाडिदेखि नै नयाँ-नयाँ खानी पत्ता लगाएर ती खानीबाट निस्केका खनिज पदार्थबाट तामा, सुन, फलाम र चाँदी निकाल्ने र त्यसबाट धातुका वस्तु र मूर्ति बनाउने काममा नेपाली वैज्ञानिक र प्राविधिज्ञ निकै निपुण थिए । यस्ता निपुण नेपाली वैज्ञानिक र प्राविधिकमा अरनिको पछाडि खानी विशेषज्ञ देवराज शाक्यको नाम पनि आउँछ । गेहेन्द्र शमशेरकै समकालीन खानी विशेषज्ञ शाक्यको जन्म त्यस्तो प्रसिद्ध ठाउँमा भएको थियो, जुन ठाउँ तामा, फलाम, सुन र चाँदी इत्यादि खनिज वस्तु खार्ने र घाउहरूबाट धातु निकाल्ने र धातुको वस्तु बनाउने क्षेत्रमा प्राचीनकालदेखि नै प्रसिद्ध रहँदै आएको छ । ललितपुरको नोद्धँमास्थित देवदत्त-महाबिहारमा जन्मेका शाक्य सामान्य शिक्षा-दीक्षाको भरमै आफ्नै लगन, साहस र मेहनतले तामाखानीको काममा अगुवाका रूपमा विकसित भए । उनले नयाँ-नयाँ खाली पत्ता लगाउने र तामाको धाउको वर्गीकरण गर्ने काममा उल्लेखनीय योगदान दिएका थिए । उनले ललितपुरको दक्षिणतिर पर्ने 'इपा' भन्ने स्थानमा राम्रो तामाखानी फेला पारेर वि.सं. १९९३-९४ मा उद्योग नै सञ्चालन गरेका थिए । तर तत्कालीन राणा शासकबाट बारुदलगायत अन्य अत्यावश्यक सुविधा नजुटाएकाले इपाको तामाखानीको उद्योग विफल भयो । त्यसमाथि जर्मनीबाट सस्तो, राम्रो र सफा तामाको पैठारी गर्ने नीति राणा शासकले लिएपछि त सम्पूर्ण तामा उद्योग र खोजबिनमै नराम्रो असर पर्यो । उनले नेपालका अनकन्टार पहाड-पर्वत घुमी अनेकौं ठाउँमा तामा र फलामका खानी पत्ता लगाएका थिए । १९७५ सालमै उनले स्वदेशी तामाखानीबाट तामा निकालेर तामाका सिक्का बनाउने, सुन्दरीजल, तसुका टक्सारमा सिक्का बनाउने र टक मार्ने कामको नीति निर्देशन गर्ने र आफ्नै हातले पनि बनाउँथे । भनिन्छ- उनले कुनै पनि तामाको घाउ केवल हेरेरै मात्रै पनि त्यस घाउबाट कति प्रतिशत तामा निकाल्न सकिन्छ भन्ने कुरा ठाडै बताउन सक्थे । तामा खानीको खोजबिन र अनुसन्धानमा लामो समय बिताउने शाक्यको सम्पूर्ण जीवन नै खानी खोज्ने, खानीबाट घाउ झिकेर शुद्ध तामा निकाल्ने र त्यसबाट विभिन्न प्रकारका वस्तु बनाउने र तामाको अध्ययनका अनुसन्धानमा बितेको देखिन्छ । उनले वि.सं. १९९० सालको महाभूकम्पले गर्दा नस्ट भएको पाटनको प्रसिद्ध महाबौद्ध मन्दिरको जीर्णोद्धार गर्ने र त्यसका लागि आवश्यक रकम आफ्नै दशौं रोपनी जग्गा राणाशासकलाई कहाँ धितोमा राखेर लिएर काम गरेका थिए । ४-५ वर्षसम्म महाबौद्ध मन्दिरको जीर्णोद्धारमा मरिमेटेका शाक्यले आफ्नो अन्तिम जीवन सुन्दरीजलको हक मार्ने कामबाट निस्केको धूलो र बन्दुक बनाउँदा निस्कने धूलोबाट धातु निकाल्ने काममा अर्पेर वि.सं. २००४ कार्तिक शुक्ल दशमीका दिन प्राण त्याग गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Blog Archive
-
▼
2009
(96)
-
▼
January
(69)
- कोरियामा नेपाली चेलीको खरिद बिक्रि
- वास्तु विज्ञान: मानव समाजमा वास्तुको प्रभाव
- ऋषिराम न्यौपाने
- ऋषिराज बराल
- ऋद्धिबहादुर मल्ल
- कृष्णप्रसाद भट्टराई शब्दचित्र
- www.himalkhabar.com
- छ्याप्छ्याप्ती खैरो-हेरोइन
- लागू औषधको राजधानी
- १७ वर्षीया युवती विवाह गर्दा ७० वर्षीय वृद्धको बिच...
- Foreign Missions in Nepal
- Contact Directory of Ministries of Nepal
- मोबाइल प्रिन्टर
- प्रा डा अभि सुवेदी
- नेपाली पत्रपत्रिकाको सम्पर्क
- नेपाली बैंकहरु (Nepalese Banks)
- नेपाली रेडियो/एफ एम रेडियो स्टेसनहरु
- विदेशस्थित नेपाली नियोगहरु (Nepalese Missions)
- नेपाली टेलिभिजन च्यानलहरुको सम्पर्क ठेगाना
- नेपालका प्रमुख होटलहरु (Nepali Hotels)
- वर्तमान मन्त्रिपरिषदका सदस्यहरुको नाम र सम्पर्क टे...
- मुटुरोग लाग्ने खास कारण
- जैविक आतंकवादबारे केही जानकारी -डा.सुशिल देवकोटा
- मुटुको लागि संगीत
- हेल्थ प्रब्लम -एक्युट ब्याक्टेरियल मस्टाइटिस (स्तन...
- लामखुट्टेको शरीरको रगतको सुराकीबाट एक अपराधीलाई पक...
- होसियार! डरछेरुवाले डर सार्ला है?
- अनुहार परिवर्तनमा पहिलो सफल अप्रेसन
- अचम्मको खुबी प्रतियोगिता!
- पुर्खाका आधारमा छोरा कि छोरी?
- विद्यार्थीलाई रातो मसी हानिकारक
- तेजपत्ता भियग्राभन्दा लाभदायक
- सुगरका रोगीलाई खुसीको खबर
- फोहोरी चलचित्र उद्योगभित्र हुने फोहोरी राजनीतिले
- हरायो दोहोरीको मौलिकता
- संकटमा संस्कृति
- सम्झना
- भीमसेन थापा
- देवेन्द्रशमशेर राणा, संगीत मापकयन्त्रका आविष्कारक
- लक्ष्मीपति पाण्डे, धूपघडीमा निर्माता गणितज्ञ
- अभयराज शाक्य, साढे चार सय वर्षअगाडिका प्राविधिज्ञ
- अरनिको, कलाकार, मूर्तिकार र वैज्ञानिक
- निष्ठानन्द बज्राचार्य, हाते प्रेस/लिथोमेसिनका निर्...
- देवराज शाक्य, तामाखानी विशेषज्ञ
- देवेन्द्रशमशेर राणा, संगीत मापकयन्त्रका आविष्कारक
- लाटा कामी, सल्यानका विभूति
- नरबहादुर भारती, ग्रामोफोन रेकर्ड बनाउने
- गोपाल पाण्डे, गणितज्ञ पं.
- गेहेन्द्र शमशेर, वैज्ञानिक
- क्यान/कम्प्युटर
- ललितकला क्याम्पस
- बूढानीलकण्ठ स्कूल
- एस.एल. सी.को इतिहास
- जनआन्दोलन २ लाई माओवादी समर्थन
- जनआन्दोलन २ का शहिद
- राजा ज्ञानेन्द्रको २०६३ वैशाख ११ को घोषणा
- Ethno-ecological Observation of Magar of Bukini, B...
- Dimension of Rural Development in Nepal
- Contextualizing Social Science in Nepal
- picture of dog
- Some picture of flower
- बिश्व हांक्ने हिरो बाराक ओबामा
- सुनको धुलो अचुक औषधी
- मानव अस्थिमज्जा
- प्रचण्ड प्रसंग
- पुष्पकमल दाहाल (प्रचण्ड)
- मोवाइल २० वर्षको युवा भयो
- वेबसाइटमा अर्थमन्त्री
- टाउको काट्दा पनि १८ महिना बाँचेको कुखुरा
-
▼
January
(69)
No comments:
Post a Comment