Saturday, January 17, 2009

तेजपत्ता भियग्राभन्दा लाभदायक

७-पुस-२०६५,सोमवार

तेजपत्ता (तेजपत्र) उच्च पर्वतीय क्षेत्रमा पाइने वनस्पति हो। आमतौरमा यसको प्रयोग तरकारी, गेडागुडी र खसीको मासुमा गरिन्छ। परन्तु यो अत्यन्त गुणकारी र उपयोगी औषधि पनि हो। (क) यो अति नै तापयुक्त र उत्तेजक गुणवान् भएकाले यसले यौन शक्तिमा वृद्धि गर्छ। (ख) शरीरको विभिन्न भागमा देखा पर्ने गाँठागुठी रोगलाई आराम दिन्छ। (ग) यो उदरशुल, अपचलगायतको रोगमा लाभकारी हुन्छ। यसको सेवनले भोक मजाले लाग्छ। साथै, मूत्र विकारसम्बन्धी पीडामा फाइदा हुन्छ। (घ) गर्मी या चिसोले टाउको दुखेको छ भने डाँठसहित पिँधेर हल्का तताएर लेपन लगाएमा धेरै फाइदा गर्छ।
(ङ) मुख, नाक, मल वा मूत्र कुनै पनि ठाउँमा रक्तश्राव भएमा चिसो पानी एक गिलासमा एक चम्चा धूलो तेजपत्ताको चूर्ण मिलाएर चार–चार घण्टामा सेवन गरेमा रक्तश्राव रोकिन्छ (च) तेजपत्ताको चूर्णले प्रत्येक तीन वा चौथो दिन मञ्जन गरेमा दाँत चम्किन्छ। र दुखाइ, कीरा लाग्ने रोग पनि चट्। तेजपत्ताको धूलो, ताजा पानीसँग सेवन गर्ने– यसको सेवन अल्पमात्रमा गर्नुपर्छ। वयष्क मानिसका लागि चार–पाँच माशा र बच्चाका लागि एक–दुई माशाभन्दा बढी सेवन गर्नु हुँदैन।
― साँघु
source:http://www.weeklynepal.com

No comments:

Blog Archive

Followers