Sunday, January 11, 2009

बूढानीलकण्ठ स्कूल

बूढानीलकण्ठ स्कूल श्री ५ को सरकार र संयुक्त अधिराज्यको संयुक्त लगानीमा सन् १९७२ मा स्थापना भएको हो । काठमाडौँको बूढानीलकण्ठमा रहेको यस स्कूलले ५ सय ७८ रोपनी क्षेत्रफल ओगटेको छ । प्रतिस्पर्धात्मक प्रवेश परीक्षा उत्तीर्ण गरेपछि कक्षा ४ देखि भर्ना सुरु गरिने यस विद्यालयमा एकतिहाइ विद्यार्थीहरू देशको पाँचवटै क्षेत्रबाट क्षेत्रगत प्रतिस्पर्धाबाट चुनिएर आउँछन् । साथै कक्षा ७ र कक्षा १ मा पनि केही विद्यार्थीले प्रवेश पाउन सक्छन् । विद्यालयले सरकारले निर्धारण गरेको पाठ्यक्रमअनुसार पढाइ संचालन गरी एस.एल.सी. परीक्षामा आफ्ना विद्यार्थी सम्मिलित गराउँछ । तर एस.एल.सी. पछि बेलायतको क्याम्बि्रज विश्वविद्यालयको 'ओ' र 'ए' लेभल तयारीका लागि संयुक्त अधिराज्यमा सिफारिस गरिएको पाठ्यक्रमसमेत अध्ययन, अध्यापन गराउँदै आएको छ ।

No comments:

Blog Archive

Followers