केपी ढुंगाना
2009-01-24,Saturday
ढिक, न फिक्स, न ट्याप- ड्रग्सको नेपाली बजारमा खैरो हेरोइनको बोलावाला छ । महँगो भए पनि अन्य लागू औषधका तुलनामा हेरोइन छ्याप्छ्याप्ती बजारमा पाइन्छ ।
१९७६ मा 'हिप्पी'हरूले नेपालमा हेरोइन भित्र्याएको मानिन्छ । तर, अति महँगो भएकाले दुव्र्यसनीमाझ औषधीजन्य ड्रग्स नै लोकपि्रय थियो । टिडीजेसिक इन्जेक्सनलाई हेरोइनले विस्थापित गर्न थालेको चार वर्ष भयो । दुई वर्षदेखि खैरो हेरोइनको कारोबार उच्च विन्दुमा पुगेको छ ।
नेपालमा वाषिर्क कति हेरोइन खपत हुन्छ भन्ने एकिन तथ्यांक कतै छैन । लागू औषध नियन्त्रणमा क्रियाशील विज्ञहरूको मतअनुसार वाषिर्क २० किलोसम्म खैरो हेरोइन नेपाली बजारमा खपत हुन्छ । यो प्रत्येक वर्ष १० प्रतिशतले बढ्छ ।
सन् २००९ को पहिलो महिनामै प्रहरीको हेरोइनसँग 'सामना' भएको थियो । जनवरीमा दुई सय ८४ ग्राम हेरोइनसहित पाँचजना नेपाली र तीनजना विदेशी पक्राउ परे । उनीहरूबाट एक सय १६ ग्राम सेतो हेरोइन बरामद भएको थियो । प्रहरीले सन् २००८ मा १० किलो तीन सय ६२ ग्राम हेरोइन बरामद गरेको थियो ।
नेपालमा कुल लागू औषधका उपभोगकर्तामध्ये ६० प्रतिशतले खैरो हेरोइन सेवन गर्ने गरेका छन् । तथ्यांक विभागले दुई वर्षअगाडि गरेको अनुसन्धानबाट कुल दुव्र्यसनीमध्ये ६० प्रतिशतले खैरो हेरोइन उपभोग गर्ने गरेको पुष्टि भएको थियो ।
लागू औषध नियन्त्रण तथा कानुन कार्यान्वयन इकाइका प्रमुख हेमन्त मल्ल भन्छन्- विश्वमै प्रत्येक चार वर्षमा लागू औषधको ट्रेन्ड परिवर्तन हुन्छ, नेपालमा खैरो हेरोइनको मात्रा बढ्नु त्यही ट्रेन्डको असर हो ।'
ड्रग्सको बजारमा अहिले खैरो हिरोइनको ओसार-पसार बढ्दो
सेतो हेरोइन गुणस्तरीय मानिन्छ । यो फाट्टफुट्ट नेपाली बजारमा फेला पर्ने गरेको छ । तर, त्यो सडकका उपभोक्तासम्म आइपुगेको छैन । प्रहरी अधिकारीहरू पक्राउ परेको सेतो होरोइन नेपाली उपभोक्ताका लागि भन्दा पनि अन्यत्र निकासी हुन लाग्दा पक्राउ पर्ने गरेको बताउँछन् ।
प्रहरीद्वारा बरामद गरिएको हेरोइनको तथ्यांक हेर्ने हो भने सन् १९९२ मा हेरोइनको प्रभाव बढी थियो । प्रहरीले सन् १९९२ मा अहिलेसम्मकै सबैभन्दा धेरै १९ किलो दुई सय १५ ग्राम हेरोइन बरामद गरेको थियो । त्यसको १३ वर्षसम्म हेरोइनको मात्रा घट्दै गयो । सन् १९९३ मा ६ किलो, १९९४ मा आठ किलो र १९९५ मा एक किलो हेरोइन बरामद भयो । १९९९ मा हालसम्मकै सबैभन्दा कम एक सय ९९ ग्राम मात्र हेरोइन बरामद भएको थियो । २००३ मा आएर फेरि १६ किलो हेरोइन बरामद भयो । सन् २००४ मा घटेर तीन किलोमा झर्यो ।
सन् २००५ बाट पुनः हेरोइनको प्रभाव बढ्न थाल्यो । २००५ देखि हालसम्म बरामद हेरोइनको परिणामको अनुपात उही छ ।
हेरोइनको मुख्य उत्पादक राष्ट्र अफगानिस्तान हो । तर, नेपाली बजारलाइ केन्दि्रत गरेर आउने हेरोइन प्रायः भारतमै बन्ने गर्छ । हेरोइनको गुणस्तर उल्टोबाट गणना हुन्छ । सबैभन्दा कम गुणस्तरीयलाई एक नम्बर र सबैभन्दा बढी गुणस्तरको हेरोइनलाई चार नम्बर दिने गरिएको छ । नेपालमा पाइने हेरोइन चार नम्बरको हो । यसको नेपाली बजारमा मूल्य तीन हजार पाँच सय रुपैयाँ प्रतिग्राम छ ।
हेरोइनको कच्चा पदार्थ अफिम उत्पादनमा अफगानिस्तान सबैभन्दा अगाडि छ । सन् २००८ मा अफगानिस्तानमा वाषिर्क आठ हजार टन अफिम उत्पादन भएको छ । यो हेरोइन निर्माणमा प्रयोग हुन्छ । तेस्रो नम्बरमा पर्ने भारतमा वाषिर्क तीन सय टन अफिम उत्पादन हुने गरेको छ ।
भारतमा कम गुणस्तरको खैरो हेरोइनको उत्पादन हुनुले नेपालमा हेरोइन बढेको मान्छन् इकाइका प्रहरी नायव उपरीक्षक दिवेशराज उदास । उनले भने- 'हामीले जति खैरो हेरोइन पक्राउ गरेका छौँ त्यो सबै नेपाली बजारलाई लक्षित गरेर भारतबाट आएको हो ।'
भारतमा अफिम उत्पादनलाई सरकारले समेत अनुमति दिएको छ । महत्त्वपूर्ण औषधि निर्माणमा प्रयोगका लागि राज्यले किसानलाई अनुदान दिएर अफिम उत्पादन गर्न लगाएर खरिद गर्छ । तर, उत्पादित सबै अफिम सरकारी नियन्त्रणमा पुग्दैन । किसानको खेत हुँदै हेरोइन उत्पादन गर्ने र्याकेटमा पुगेको अफिमलाई घरेलु प्रयोगबाट कम गुणस्तरको हेरोइन बनाइन्छ ।
अफिम नेपालमा समेत उत्पादन हुन्छ । तर, अहिलेसम्म नेपालमा अफिमबाट हेरोइन उत्पादन भएको तथ्य फेला परेको छैन । प्रहरीले सन् २००८ मा व्यावसायिक खेती गरिएको २१ टन चार सय ६ किलो अफिम जफत गरी नष्ट गरेको थियो ।
भारतीय सीमानजिकै रहेको नेपालका भूभागमा सन् २००८ मा अफिमको व्यावसायिक खेती नै सुरु भएको रिपोर्ट आइरहेको उदासले बताए ।
पर्साको भौराटार, गमहरिया, नगरदाहा, कौवावनकटैया, औराहा, बगवाना, मधुवन मथौल, हरपुर तथा विश्रामपुर गाविस र बाराका केही गाविसमा अफिमको व्यावसायिक खेती हुने गरेको छ । नेपालमा उत्पादित अफिम भारतमा निकासी भएर उतै प्रशोधन हुने गरेको छ ।
उदासले भने- 'यदि अफिम उत्पादनलाई चाँडै निरुत्साहित नगर्ने हो भने नेपालमै पनि खैरो हेरोइनको उत्पादन सुरु हुन सक्छ ।'
भारतसँग सीमा जोडिएका सहरहरू नै नेपालमा हेरोइन भित्र्याउने प्रमुख नाका हुन् । झापाको काँकडभिट्टा, मोरङको रानी, सप्तरीको बेल्ही-कुनौली, सिराहाको सुखीपुर-औरही, वीरगन्जको रक्सौल, भैरहवाको सुनौली, कपिलवस्तुको कृष्णनगर, नेपालगन्जको रुपैडिया, बर्दियाको राजापुर-कोठियाघाट, कञ्चनपुरको बेलौरी-दोधारा र कैलालीको गौरीफन्टा लागू औषध नेपाल भित्र्याउने प्रमुख नाकाका रूपमा परिचित छन् ।
अझै ट्रान्जिट प्वाइन्ट
लागू औषधका अन्तर्राष्ट्रिय माफियाहरूको लोकपि्रय 'ट्रान्जिट प्वाइन्ट' बन्दै गएको छ नेपाल । लागू औषधको मुख्य उत्पादक अफगानिस्तानमा उत्पादित हेरोइनलाई नेपालको बाटो हुँदै युरोपमा फैलाउन माफियाहरूले हवाई र पैदल मार्गको प्रयोग गर्ने गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण बोर्डले दक्षिण एसियामा चरेस र हेरोइनको कारोबारमा वृद्धि भएको जनाएको छ । बंगलादेश, भुटान, भारत र नेपालबीच क्रस बोर्डर स्मग्लिङ हुने गरेको बोर्डको एक प्रतिवेदनमा उल्लेख छ ।
हवाई मार्गमा पाँचवटा रुट प्रचलनमा छन् । भारतवाट नेपाल हुँदै तेस्रो मुलुक, कतारबाट काठमाडौं हुँदै तेस्रो मुलुक, बैंककबाट काठमाडौं हुँदै तेस्रो मुलुक, पाकिस्तानबाट काठमाडौं र बंगलादेशबाट काठमाडौं हुँदै तेस्रो मुलुक रहेको छ । अफगानिस्तानबाट पाकिस्तान, दोहा हुँदै काठमाडौं आएर नेदरल्यान्ड, स्केनिभियन, स्पेनलाई समेत हवाई रुटका रूपमा प्रयोग गर्ने गरिएको पाइएको छ । पाकिस्तानबाट सीधा नेपाल हुँदै साउथ अफ्रिका पुर्याउने रुटसमेत सक्रिय छ ।
अनुसन्धानका क्रममा अफगानिस्तानबाट नेपालसम्म पैदलमार्गबाट हेरोइन ओसारपसार गर्ने गरेको रहस्यसमेत खुलेको छ । उनीहरूले अफगानिस्तानबाट पाकिस्तान, भारतको नयाँ दिल्ली हुँदै पैदल नेपाल प्रवेश गरी हवाई र स्थलमार्गबाट हेरोइन ओसारपसार गर्ने
गरेका छन् ।
दुई वर्षअगाडिसम्म थाइल्यान्ड, बर्मा हुँदै नेपालको बाटो भएर लागू औषध ओसारपसार हुन्थ्यो । तर, अहिले रुट परिर्वतन भएको छ । अवस्था हेरेर माफियाले रुट बनाउने गर्छन् । त्यही रुटमा कहिले नेपाल त कहिले भारत हुँदै उनीहरू बाहिरिन्छन् ।
लागू औषध नियन्त्रण तथा कानुन कार्यान्वयन इकाइ प्रमुख हेमन्त मल्लका अनुसार हवाई र स्थलमार्गबाट नेपाल आएको हेरोइनलाई स्थलमार्गको उपयोग गर्दै चीन लगेर त्यहाँबाट युरोपमा पुर्याउने गरिएको छ । तस्करहरूले सिन्धुपाल्चोकको तातोपानी नाकालाई चीन निकासी गर्ने रुटका रूपमा उपयोग गर्ने गरेका छन् । मल्लले भने- 'हवाई मार्गमा भएको कडाइपछि अहिले नेपालमा भित्रिएको लागू औषध स्थलमार्गबाट चीन हुँदै युरोप भित्रिने क्रम बढेको छ ।'
पक्राउ परेका विदेशीहरूको संख्याले पुष्टि गरिरहेको छ- अफगानिस्तानमा उत्पादित हेरोइनलाई विश्वबजारमा पुर्याउन सहयोगी बनिरहेको छ नेपाल । पोल्यान्ड, जापान, नाइजेरिया, इरान, साउथ अफ्रिका, जर्मनी ड्रग माफियाहरू सक्रिय छन् नेपालमा । १९९१ देखि सन् २००५ सम्मको तथ्यांकअनुसार ११ सय २५ जना विदेशी पक्राउ परेका छन् ।
नेपालमा बसेर लागू औषधको ओसारपसार गर्ने नाइजेरियालीहरूको संख्या एकाएक बढेको छ । भारतीय नागरिकपछि लागू औषधमा पक्राउ पर्नेहरूमा नाइजेरियालीहरूको संख्या उल्लेख्य छ । मल्लले भने- 'नेपालमा मात्र हैन, भारतमा पनि अहिले नाइजेरियालीहरू लागू औषधको कारोबारमा बढी सक्रिय छन् । सन २००६ मा पक्राउ परेका १८ जना विदेशीमध्ये ६ जना नाइजेरियाका मात्र थिए ।
एसएसपी मल्ल ड्रग्सका माफियाले हरेक देशलाई ट्रान्जिट प्वाइन्ट बनाउने गरेको बताउँछन् । अन्तर्राष्ट्रिय गिरोहका लागि नेपाल सानो ट्रान्जिट प्वाइन्ट मात्र रहेको उल्लेख गर्दै उनले भने- 'पाकिस्तान, भारत, बंगलादेश, हङकङ, चीन आदि सबै देशलाई उनीहरूले ट्रान्जिट प्वाइन्ट बनाएका छन् । ती देशमा उनीहरूको चलखेल हेर्दा त हाम्रोमा त्यत्ति आत्तिहाल्नुपर्ने अवस्था छैन ।'
चरेसको बजार
विश्वबजारमा 'एक नम्बर' मा रहेको मानिन्छ नेपाली चरेस । अनुमानित तथ्यांकअनुसार नेपालको चरेसले विश्वबजारको मागको १० प्रतिशत पूरा गरिरहेको छ ।
हावापानीका कारण गुणस्तरीय चरेस उत्पादन हुने भएकाले नेपालमा चरेसका कुख्यात माफियाको चलखेल बढेको छ ।
जापानी याकुजा समूहका सदस्यहरू पक्राउ परेपछि चरेस ओसारपसारमा जापानको माफिया समूह नेपालमा सक्रिय रहेको रहस्य खुलेको थियो । १३ वैशाख, ०६० मा १० किलो सात सय ४० ग्राम चरेससहित आरिमा कातुस्साहिको, उमिमोता साइगो र इवाहोरी हाजिमा पक्राउ परेका थिए ।
नेपालमा वषिर्क कति चरेस उत्पादन हुन्छ ? कतै तथ्यांक छैन । तर, उत्पादनको ९० प्रतिशत चरेस विदेश निर्यात हुने गरेको अनुमान छ । सन् १९९२ देखि सन् २००७ सम्ममा प्रहरीले तीन हजार सात सय ९३ किलो चरेस बरामद गरेको थियो । सन् २००८ मा नौ सय ९३ किलो चरेस बरामद भएको थियो । भारत, रुस, श्रीलंका, बंगलादेश, जापान, स्विट्जरल्यान्ड, थाइल्यान्ड, अस्टि्रया, डेनमार्क, बेलायत र जापान नेपाली चरेसका बजार हुन् ।
प्रारम्भमा हातले मोलेर चरेसको निर्माण गर्ने गरिएको भए पनि अहिले व्यापारिक प्रयोजनका लागि गाँजाको बोट सुकाएर कुटी सल्लाको खोटोले टाँसेर निर्माण गरिन्छ । 'हातले माडेर बनाएको चरेसको मूल्य अत्यन्त महँगो हुन्छ,' मल्लले भने ।
लागू औषधको अन्तर्राष्ट्रिय मूल्य नहुने उनको अनुभव छ । लागू औषधको गुणस्तर र देश हेरेर मूल्य तोकिने उनले बताए । नेपालमा किलोको चार हजारमा पाउने चरेसको भाउ भारत पुग्दा पाँच हजार र जापान पुग्दा १० हजार पुगिसकेको हुन्छ ।
नेपालमा गाँजाका बोटहरू स्वतः उम्रने र खेतीसमेत हुने गरेको छ । प्राकृतिक रूपमा हुम्ला, दार्चुला, बैतडी, डडेलधुरा, बझाङ, बाजुरा, डोटी, अछाम, जुम्ला, डोल्पा जाजरकोट, रोल्पा, रुकुम, सल्यान, बाग्लुङ, म्याग्दी र धादिङमा गाँजाको उत्पादन हुने गरेको छ । बारा, पर्सा, मकवानपुर, महोत्तरी, सिराहा, धनुषा, रुपन्देही, सप्तरी, रौतहट, नवलपरासी, चितवनमा कृत्रिम रूपमा समेत गाँजाको खेती हुने गरेको प्रहरीको भनाइ छ ।
चरेस उत्पादनका लागि प्रायः प्राकृतिक रूपमा उत्पादित गाँजाको उपयोग हुने गरेको एसएसपी मल्ले बताए । उनले भने- 'अन्तर्राष्ट्रिय बजारमा राम्रो माग भएकाले तराईका केही जिल्लामा भारतीय लागू औषध व्यापारीहरूले जग्गा भाडामा लिएर खेती गर्ने गरेका छन् ।'
नेपाली चरेस हवाई मार्ग तथा स्थलमार्गबाट बाहिरिने गरेको छ । नेपाल, भारतको खुला सिमानालाई लागू औषधको अवैध कारोबार गर्नेले सुरक्षित र भरपर्दो मार्गका रूपमा उपयोग गर्ने गरेका छन् । उनीहरूले विभिन्न सवारी-साधनमार्फत, हुलाक तथा कार्गोद्वारा पठाउने चिठ्ठी तथा सामानमा लुकाएर तथा सुटकेसमा फल्स बटम हालेर चरेस निर्यात गर्ने गरेका छन् ।
नेपालमा उत्पादित चरेस भारत र चीन हुँदै तेस्रो मुलुकमा निर्यात हुने गरेको मल्ल बताउँछन् । नेपालको चरेस भारत, हङकङ जापान, नेदरल्यान्ड इन्डोनेसिया हुँदै त्यहाँबाट अमेरिका, क्यानडा, जापान, युरोपियन राष्ट्रहरू र अस्ट्रेलियासमेत पुग्ने गरेको छ । भारतसँग खुला सिमानाका कारण मुख्यतः चरेस भारतमा निकासी गरी जलमार्गबाट उल्लिखित देशहरूमा पुग्ने गरेको छ । थाइल्यान्डमा बस्ने केही लागू औषध व्यापारीले कुरियरका रूपमा नेपाली तथा केही अन्य विदेशी मूलका व्यक्तिलाई प्रयोग गरेर थाइल्यान्डसम्म चरेस झिकाउने गरेको अनुसन्धानका क्रममा खुलेको मल्लले बताए ।
तस्करहरूले चरेस र हेरोइन निर्यात गर्नका लागि विभिन्न उपाय अपनाउने गरेका छन् । उनीहरूले नेपालबाट निर्यात हुने स्पिकरभित्र लुकाउने, क्याप्सुल बनाएर हेरोइन निल्ने, बिस्कुट, चकलेटभित्र चरेस हाल्ने, टोपीभित्र चरेस लुकाउने, नोटबुक, चोकोफन, बिस्कुट आदिभित्र चरेस तथा सेतो हेरोइन लुकाई प्याक गरेको अवस्थामा अभियुक्तहरू पक्राउ पर्ने गरेका छन् ।
मेडिकल ड्रग्स
नेपालमा दुव्र्यसनीले प्रयोग गर्ने लागू औषधमा एकरूपता छैन । डिएसपी उदासका अनुसार युरोपतिरका दुव्र्यसनीहरू आफूले जे उपयोग गरिरहेको हो त्यही मात्र खान्छन, तर नेपालमा त एउटा पाएन भने त्यसको विकल्प खोजिहाल्छन् ।' नेपालमा मेडिकल ड्रग्सहरूको समेत बजार राम्रो देखिएको छ ।
हेरोइनको विकल्पमा नेपाली दुव्र्यसनीले ब्युप्रोनफिर्न, डाइजेपाम (टिडिजेसिक) अत्यधिक मात्रामा प्रयोग गर्ने गरेका छन् भने नाइट्रोजेपाम, फेन्सिडिल, बेन्जोडाइजेपाम, कोडिन, एभिल, फेनारगनको समेत प्रयोग गर्छन् । नेपाली दुव्र्यसनीले एम फेटामिन (यावा) को समेत प्रयोग गर्ने गरेको पाइन्छ । बर्मामा उत्पादित एम फेटामिन (यावा) नेपाली बजारका लागिभन्दा पनि तेस्रो मुलुकमा निकासीका लागि नेपाल भित्रिएको हो । नेपाली बजारमा एलएसडी र आइसड्रगसमेत फेला पर्न थालेका छन् ।
तथ्यांकअनुसार कुल दुव्र्यसनीमध्ये केमिकल ड्रग्सको उपयोग गर्नेहरूको संख्या ८६ प्रतिशत छ । ब्युप्रोनफिर्न र डाइजेपाम भारतको सीमावर्ती क्षेत्रमा सरल र सस्तो मूल्यमा पाइने हुँदा यसको दुव्र्यसनी बढेको प्रहरीको निष्कर्ष छ । सन् २००८ मा प्रहरीले सात हजार सात सय ८० फायल डाइजेपाम र दुई हजार पाँच सय ब्युप्रोनफिर्न बरामद गरेको थियो ।
१५-२९ वर्षबीचका झन्डै ६१ प्रतिशतले इन्जेक्सनका माध्यमबाट लागू औषध प्रयोग गर्छन् । मेडिकल ड्रग्सको मुख्य भूमि भारत रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
http://www.nayapatrika.com
Subscribe to:
Post Comments (Atom)
Blog Archive
-
▼
2009
(96)
-
▼
January
(69)
- कोरियामा नेपाली चेलीको खरिद बिक्रि
- वास्तु विज्ञान: मानव समाजमा वास्तुको प्रभाव
- ऋषिराम न्यौपाने
- ऋषिराज बराल
- ऋद्धिबहादुर मल्ल
- कृष्णप्रसाद भट्टराई शब्दचित्र
- www.himalkhabar.com
- छ्याप्छ्याप्ती खैरो-हेरोइन
- लागू औषधको राजधानी
- १७ वर्षीया युवती विवाह गर्दा ७० वर्षीय वृद्धको बिच...
- Foreign Missions in Nepal
- Contact Directory of Ministries of Nepal
- मोबाइल प्रिन्टर
- प्रा डा अभि सुवेदी
- नेपाली पत्रपत्रिकाको सम्पर्क
- नेपाली बैंकहरु (Nepalese Banks)
- नेपाली रेडियो/एफ एम रेडियो स्टेसनहरु
- विदेशस्थित नेपाली नियोगहरु (Nepalese Missions)
- नेपाली टेलिभिजन च्यानलहरुको सम्पर्क ठेगाना
- नेपालका प्रमुख होटलहरु (Nepali Hotels)
- वर्तमान मन्त्रिपरिषदका सदस्यहरुको नाम र सम्पर्क टे...
- मुटुरोग लाग्ने खास कारण
- जैविक आतंकवादबारे केही जानकारी -डा.सुशिल देवकोटा
- मुटुको लागि संगीत
- हेल्थ प्रब्लम -एक्युट ब्याक्टेरियल मस्टाइटिस (स्तन...
- लामखुट्टेको शरीरको रगतको सुराकीबाट एक अपराधीलाई पक...
- होसियार! डरछेरुवाले डर सार्ला है?
- अनुहार परिवर्तनमा पहिलो सफल अप्रेसन
- अचम्मको खुबी प्रतियोगिता!
- पुर्खाका आधारमा छोरा कि छोरी?
- विद्यार्थीलाई रातो मसी हानिकारक
- तेजपत्ता भियग्राभन्दा लाभदायक
- सुगरका रोगीलाई खुसीको खबर
- फोहोरी चलचित्र उद्योगभित्र हुने फोहोरी राजनीतिले
- हरायो दोहोरीको मौलिकता
- संकटमा संस्कृति
- सम्झना
- भीमसेन थापा
- देवेन्द्रशमशेर राणा, संगीत मापकयन्त्रका आविष्कारक
- लक्ष्मीपति पाण्डे, धूपघडीमा निर्माता गणितज्ञ
- अभयराज शाक्य, साढे चार सय वर्षअगाडिका प्राविधिज्ञ
- अरनिको, कलाकार, मूर्तिकार र वैज्ञानिक
- निष्ठानन्द बज्राचार्य, हाते प्रेस/लिथोमेसिनका निर्...
- देवराज शाक्य, तामाखानी विशेषज्ञ
- देवेन्द्रशमशेर राणा, संगीत मापकयन्त्रका आविष्कारक
- लाटा कामी, सल्यानका विभूति
- नरबहादुर भारती, ग्रामोफोन रेकर्ड बनाउने
- गोपाल पाण्डे, गणितज्ञ पं.
- गेहेन्द्र शमशेर, वैज्ञानिक
- क्यान/कम्प्युटर
- ललितकला क्याम्पस
- बूढानीलकण्ठ स्कूल
- एस.एल. सी.को इतिहास
- जनआन्दोलन २ लाई माओवादी समर्थन
- जनआन्दोलन २ का शहिद
- राजा ज्ञानेन्द्रको २०६३ वैशाख ११ को घोषणा
- Ethno-ecological Observation of Magar of Bukini, B...
- Dimension of Rural Development in Nepal
- Contextualizing Social Science in Nepal
- picture of dog
- Some picture of flower
- बिश्व हांक्ने हिरो बाराक ओबामा
- सुनको धुलो अचुक औषधी
- मानव अस्थिमज्जा
- प्रचण्ड प्रसंग
- पुष्पकमल दाहाल (प्रचण्ड)
- मोवाइल २० वर्षको युवा भयो
- वेबसाइटमा अर्थमन्त्री
- टाउको काट्दा पनि १८ महिना बाँचेको कुखुरा
-
▼
January
(69)
No comments:
Post a Comment