Saturday, January 17, 2009
हरायो दोहोरीको मौलिकता
संगीत दुःख र सुखको साथी हो । संगीत जिउने सहारा पनि हो । संगीतबिना मान्छेको जीवन अधुरो र अपुरो रहन्छ । संगीतलाई आत्मसात् गर्न नसक्ने व्यक्ति हाँसको बीचमा बकुल्लाजस्तै हुन्छ । जीवनलाई र्सार्थकता प्रदान गर्न संगीतले महत्वपर्ूण्ा भूमिका निर्वाह गर्छ ।
रसिलो जीवनको लागि पनि संगीत अपरिहार्य छ । संगीत मनभित्र कुदिँएका भावना र पीडालाई भुलाउन र शान्त पार्ने ओखती नै हो । त्यही सांगीतिक ओखतीलाई सेवन गर्ने तरिका भने भिन्नै हुन्छ । व्यक्ति पिच्छे संगीतको रस फरक हुन्छ । लोक तथा आधुनिक संगीतले जीवनलाई यथार्थ चित्रण गर्छ । त्यसो त दोहोरी संगीतले पनि मनोरन्जन मात्रै नभई जीवन जिउनको लागि ऊर्जा थपिदिन्छ ।
पछिल्लो समयमा युवापुस्तामाझ लोकप्रिय बन्दै गएको छ पाश्चात्य शैलीको पप संगीत । पश्चिमेली संगीतमा थपिएको छ हिपहप र र्याप । पश्चिमाञ्चल क्षेत्र लोक संगीतको उर्वर भूमि नै हो । संगीतको इतिहास लामो छ । पछिल्लो समयमा ह्वात्तै लोकप्रिय बन्दै ओरालिएको संगीत लोक दोहोरी नै हो । नेपाल टेलिभिजनमा लोक दोहोरी गीतको कार्यक्रम सञ्चालन गरिएपछि सुषुप्त अवस्थामा रहेको लोक दोहोरी एकाएक आकाशिएको थियो । हरेक सांस्कृतिक कार्यक्रममा लोक दोहोरीले स्थान पाउँदा र्सवसाधारण पनि दोहोरीको पारखी बन्ने लहर नै चल्यो ।
लोक दोहोरी शुरु भएको भने दुइ दशक पनि बितेको छैन । चर्चाको शिखरमा लोक दोहोरी अहिले बिस्तारै खस्कँदै गएको छ । २०५० साल फागुन २३ गते विधिवत् रुपमा पोखराबाट लोक दोहोरीको प्रारम्भ भएको थियो । लोक दोहोरीका अग्रज हस्ती प्रजापति पराजुलीले पोखरामा दोहोरी साँझ खोल्दै दोहोरी गीतको मुना रोपेका हुन् । बिरुवा हलक्क बढेर बयस्क बन्दै ओइलाउँदै गएको छ । ँदोहोरी गीतमा अहिले निकै ह्रास आएको छ ।’ पराजुली खस्कँदै गएको दोहोरीको आप\mनो अनुभूति सुनाउँदै भन्छन्- ँसंगीत र शब्द संयोजनको अभावले दोहोरीको अस्थित्व संकटमा परेको छ ।’ नयाँ पुुस्ताले पुराना भाकालाई हुबहु नक्कल गरी क्यासेट तयार बनाएर बिक्रीवितरण गर्नाले दोहोरीको स्तरीयतामा कमी आएको पराजुलीको बुझाइ छ ।
पोखरामा सात वटा दोहोरी साँझ छन् । साँझमा युवापुस्ताले दोहोरी गीत प्रस्तुत गर्दै व्यावसायिकता प्रदान गर्न खोजेको आभास गर्न सकिन्छ । तर दोहोरीमा प्रयोग हुने फोहोरी शब्दले र्सवसाधारणलाई विरक्त बनाउँदा दोहोरीको अवस्था नाजुक बन्दै गएको हो । ँदोहोरीमा हुनुपर्ने स्वाद पछिल्ला पुस्ताको गीतमा पाइँदैन् ।’ पराजुली गुनासो गर्दै भन्छन्- ँशब्द संयोजन र संगीतले दोहोरीलाई वास्तविक लयमा ढाल्छ । पछिल्लो पुस्तामा यो पाइँदैन ।
गामबेसी, खोलानाला, भीरपाखा, उकालीओराली, भन्ज्याङचौतारीमा गुन्जने भाका, मनभित्रका पीर, व्यथा, पीडा र भावनाका शब्दहरु दोहोरीमा सामेल हुनर्ुपर्छ । ठेट शब्दले दोहोरीको गुणस्तरीयतालाई बचाउँछ । उरन्ठेउला शब्दले दोहोरीलाई संरक्षण होइन स्तर खस्काउने उनको भनाइ छ । र्ँर्सवसाधारणलाई उत्सुकता जगाउने खालको दोहोरी गाउनर्ुपर्छ ।’ आप\mनो अनुभव सुनाउँदै उनी भन्छन्- ँदोहोरीको गुणस्तरीयताप्रति सचेत हुन नसकिए नेपाली सांगीतिक क्षेत्रबाट दोहोरीले बिट मार्ने सम्भावना पबल छ ।’
दोहोरी साँझमा ग्राहक तान्नकै लागि गाइने उत्ताउलो पाराको गीतले दोहोरीको रौनकता घट्दै गएको गण्डकी अञ्चल लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष तारापति सुवेदी स्वीकार्छन् । व्यावसायिक रुपमा भन्दा सोखको रुपमा दोहोरी गाउनाले पनि गुणस्तरीयतामा प्रश्न चिन्ह उब्जिएको छ । दोहोरीलाई संरक्षणभन्दा केवल मनोरन्जनको साधन बनाइँदा पुराना कलाकारहरुले दोहोरी गीतमा संर्घष्ा गर्नुपरेको तीतो यथार्थ पराजुलीसमक्ष छ । ँदोहोरी साँझ स्थापनाले कलाकार जन्मे पनि मिहिनेत र साधनाबिनाको कलाकारिताले व्यावसायिकता प्रदान गर्न सक्दैन्,’ -अध्यक्ष सुवेदी भन्छन् ।
नयाँ कलाकारलाई प्रशिक्षणको खाँचो
दोहोरी गीत नेपाली संस्कृतिको एउटा महत्वपर्ूण्ा पाटो हो । १६ वर्षै अवधिमा ह्वात्तै आकाशिएर पलायन हुने स्थितिमा पुगेको दोहोरी गीतलाई संरक्षण र पुनर्ताजगी गराउन तालिम, गोष्ठी र सेमिनारको खाँचो छ । ँदोहोरीको संरक्षणसँगै क्वालिटी बढाउन नयाँ कलाकारलाई प्रशिक्षण दिनु जरुरी छ ।’ पराजुली भन्छन् - ँप्रशिक्षणले संगीत र शब्द चयन गर्न सक्ने क्षमताको विकास गर्छ ।
आप\mनै घरमा दोहोरी प्रतिष्ठान स्थापना गरी दोहोरीको शुरुआत गरेका पराजुलीले नेपाल लोक दोहोरी राष्ट्रिय प्रतिष्ठानले नयाँ कलाकारलाई प्रशिक्षण दिने सोच बनाएको सुनाउँछन् । नेपाल लोक दोहोरी प्रतिष्ठान २०५८ सालमा स्थापित भएको हो । केन्द्रीय कमिटी गठनपछि २०५९ मा कास्की जिल्लामा र २०६१ सालमा गण्डकी अञ्चल प्रतिष्ठान स्थापना भएको थियो । विभिन्न स्टेज कार्यक्रममा आयोजना गरिने लोक दोहोरी गीतमा प्रस्तुत गरिने शब्दले सबै दोहोरी गाउने कलाकारलाई साँघुरो घेराभित्र बाँधेको अनुभव हुन्छ । अश्लील शब्द प्रयोग गर्दै गीत गाइँदा सुन्ने र्सवसाधारणले कान थुन्नुपर्ने बाध्यतासमेत नेपाली समाजमा विद्यमान छ । र्सवसाधारणलाई उत्साहित बनाउने दोहोरीको फोहोरी शब्दले सांगीतिक क्षेत्रमै आँच पुर्याएको गुनासो अग्रज स्रष्टाहरुको छ । सुवेदी भन्छन् - ँपछिल्लो पुस्तामा दोहोरीको भाका चोरी गर्ने क्रम बढ्नाले पनि गुणस्तरीयता खस्कँदै गएको छ, पकेटमा पैसा भए क्यासेट निकालेर कलाकार बनिदिन्छन् ।’
रिमिक्स गीतले बिर्सरे स्रष्टालाई
नेपाली संगीतिक फाँटमा रिमिक्सले निकै चर्चा कमाएको छ । हिजोआज पुरानो लोक तथा आधुनिक गीतहरु पप शैलीमा परिमार्जन गरी रिमिक्समा गाउने गरिएको छ । रिमिक्स चैतको हावाहुरीजस्तै छ । पुराना गीतलाई रिमिक्स भर्सनमा बजारमा ल्याउँदा एकाएक चर्चाको शिखरमा पुगेपछि पलायन हुने सम्भावना बढ्दै गएको छ । नेपाली मौलिक संस्कृतिमा आधारित गीतलाई टपक्कै टिपेर रिमिक्समा निकाल्दा त्यसको भाव फरक हुने गरेको गीतकारहरुको ठम्याइ छ ।
सकारात्मक चिजको नक्कल गर्नु फलदायी हुन्छ । दशकौंअघिका गीतलाई आधुनिक शैलीमा रिमिक्स गरी र्सवसाधारणसमक्ष प्रस्तुत गर्दा राम्रो चर्चा पाउने गरेको छ । रिमिक्स गीतले दिने क्षणिक चर्चाले पुराना स्रष्टालाई भने बिर्सिने गरिएको छ । आफूलाई मन पर्ने गीतलाई रिमिक्स गरेर हिजोआज श्रोतासमक्ष ल्याउँदै चर्चामा आउन खोज्ने गायकहरुको समेत नेपाली संगीत क्षेत्रमा कमी छैन । पोखरेली जनकविकेशरी धर्मराज थापाको गीत ँहरियो डाँडामाथि हलो जोत्ने साथीलाई युवापुस्ताका गायक रामचन्द्र काफ्लेले रिमिक्समा गाइदिएका छन् । ँवनमा फुल्यो फूल’, रेखा शाहको सिमसिमे पानीमा, ँमाछी मारन दाइ हो, झलझली आँखामा, ँमै छोरी सुन्दरी’लगायतका गीतहरु रिमिक्स भर्सनमा आएका चर्चित गीतहरु हुन् । ती गीतलाई युवापुस्ताले मन पराए पनि वास्तविक स्रष्टा को हुन् भन्ने यकीन छैन । यस्तो प्रवृत्तिलाई अग्रज संगीत स्रष्टा कसैले पनि निको मानेका छैनन् । - धन बस्नेत/पोखरा
Source:http://www.newsofnepal.com
Subscribe to:
Post Comments (Atom)
Blog Archive
-
▼
2009
(96)
-
▼
January
(69)
- कोरियामा नेपाली चेलीको खरिद बिक्रि
- वास्तु विज्ञान: मानव समाजमा वास्तुको प्रभाव
- ऋषिराम न्यौपाने
- ऋषिराज बराल
- ऋद्धिबहादुर मल्ल
- कृष्णप्रसाद भट्टराई शब्दचित्र
- www.himalkhabar.com
- छ्याप्छ्याप्ती खैरो-हेरोइन
- लागू औषधको राजधानी
- १७ वर्षीया युवती विवाह गर्दा ७० वर्षीय वृद्धको बिच...
- Foreign Missions in Nepal
- Contact Directory of Ministries of Nepal
- मोबाइल प्रिन्टर
- प्रा डा अभि सुवेदी
- नेपाली पत्रपत्रिकाको सम्पर्क
- नेपाली बैंकहरु (Nepalese Banks)
- नेपाली रेडियो/एफ एम रेडियो स्टेसनहरु
- विदेशस्थित नेपाली नियोगहरु (Nepalese Missions)
- नेपाली टेलिभिजन च्यानलहरुको सम्पर्क ठेगाना
- नेपालका प्रमुख होटलहरु (Nepali Hotels)
- वर्तमान मन्त्रिपरिषदका सदस्यहरुको नाम र सम्पर्क टे...
- मुटुरोग लाग्ने खास कारण
- जैविक आतंकवादबारे केही जानकारी -डा.सुशिल देवकोटा
- मुटुको लागि संगीत
- हेल्थ प्रब्लम -एक्युट ब्याक्टेरियल मस्टाइटिस (स्तन...
- लामखुट्टेको शरीरको रगतको सुराकीबाट एक अपराधीलाई पक...
- होसियार! डरछेरुवाले डर सार्ला है?
- अनुहार परिवर्तनमा पहिलो सफल अप्रेसन
- अचम्मको खुबी प्रतियोगिता!
- पुर्खाका आधारमा छोरा कि छोरी?
- विद्यार्थीलाई रातो मसी हानिकारक
- तेजपत्ता भियग्राभन्दा लाभदायक
- सुगरका रोगीलाई खुसीको खबर
- फोहोरी चलचित्र उद्योगभित्र हुने फोहोरी राजनीतिले
- हरायो दोहोरीको मौलिकता
- संकटमा संस्कृति
- सम्झना
- भीमसेन थापा
- देवेन्द्रशमशेर राणा, संगीत मापकयन्त्रका आविष्कारक
- लक्ष्मीपति पाण्डे, धूपघडीमा निर्माता गणितज्ञ
- अभयराज शाक्य, साढे चार सय वर्षअगाडिका प्राविधिज्ञ
- अरनिको, कलाकार, मूर्तिकार र वैज्ञानिक
- निष्ठानन्द बज्राचार्य, हाते प्रेस/लिथोमेसिनका निर्...
- देवराज शाक्य, तामाखानी विशेषज्ञ
- देवेन्द्रशमशेर राणा, संगीत मापकयन्त्रका आविष्कारक
- लाटा कामी, सल्यानका विभूति
- नरबहादुर भारती, ग्रामोफोन रेकर्ड बनाउने
- गोपाल पाण्डे, गणितज्ञ पं.
- गेहेन्द्र शमशेर, वैज्ञानिक
- क्यान/कम्प्युटर
- ललितकला क्याम्पस
- बूढानीलकण्ठ स्कूल
- एस.एल. सी.को इतिहास
- जनआन्दोलन २ लाई माओवादी समर्थन
- जनआन्दोलन २ का शहिद
- राजा ज्ञानेन्द्रको २०६३ वैशाख ११ को घोषणा
- Ethno-ecological Observation of Magar of Bukini, B...
- Dimension of Rural Development in Nepal
- Contextualizing Social Science in Nepal
- picture of dog
- Some picture of flower
- बिश्व हांक्ने हिरो बाराक ओबामा
- सुनको धुलो अचुक औषधी
- मानव अस्थिमज्जा
- प्रचण्ड प्रसंग
- पुष्पकमल दाहाल (प्रचण्ड)
- मोवाइल २० वर्षको युवा भयो
- वेबसाइटमा अर्थमन्त्री
- टाउको काट्दा पनि १८ महिना बाँचेको कुखुरा
-
▼
January
(69)
No comments:
Post a Comment