Tuesday, January 13, 2009

भीमसेन थापा


भीमसेन थापा (इ.सं. 1775 - 1839) नेपालको दोस्रो तथा सबैभन्दा लामो समय सम्म पदमा रहेका नेपालका प्रधानमन्त्री तथा नेपालका राष्ठ्रिय विभूती हुन् ।

वाल्यकाल
भिमसेन थापाको जन्म गोरखामा भएको थियो । उनि 11 बर्षको उमेरमा नेपली राजदरवारको सम्पर्कमा आएका थिए । उनका पिता मेजर अमरसिंह थापा (नेपाल अंग्रेज युद्धका नायक होइन) पृथ्वीनारायण शाहका बिश्वाशीला सैनिक थिए । भीमसेन थापाको ब्रतबन्ध तत्काली राजकुमार रणबहादुर शाहसंगै गरिएको थियो र पछि गएर उनि रणबहादुर शाहका निजी सचिब भएर 22 बर्षको उमेरमा बनारस संगै गएका थिए ।

उपलब्धि
बनारसको बसाईको बेला उनले बेलायती साम्राज्यको नजीकबाट अध्ययन गरे । राजा नेपाल फर्केपछि उनि नेपालका प्रधानमन्त्री भए । त्यस पछि उनले 31 बर्ष सम्म 6 राजाहरूको अन्तरगत प्रधानमन्त्रीको रूपमा काम गरे । उनले 1816 मा इष्ट इण्डिया कम्पनीका बिरूद्ध लडाईको घोषणा गरे । विभिन्न कारणहरूले गर्दा त्यस युद्धमा नेपालको हार भयो । युद्धपछि पनि उनले 13 बर्ष सम्म शासन गरे । त्यस बेलामा उनले थुप्रै सैनिक, कानूनी, सामाजिक तथा आर्थिक सुधारहरू गरे । सैनिकलाई युरोपेली शैलीमा आधुनिकिकरण गरियो । थुप्रै समाजिक कुरितीहरू हटाए । सार्वजनिक प्रशासनमा सुधारहरू गरे । धरहरा, सुन्धारा, बागदरवार, टेकु पुल, थापाथली पुल आदि निर्माण गराए । विश्वका विभिन्न भागमा प्रभुत्व बढाउदै गएको बेलायती साम्राज्यवादको विरूद्ध लड्न एशियाली जनएकताको आहृवान गर्ने उनी निकै दूरदर्शी कूटनीतिज्ञ पनि थिए । महान् पूर्वजहरूले सुरू गरेको नेपाल एकीकरणलाई अगाडि बढाएर यिनले नेपालको सीमालाई चारैतिर बढाए । सेनाको आधुनिकीकरण, राहदानी प्रथाको सुरूआत, अनेकौं सामाजिक सुधार र विकास निर्माणको कार्य गर्न लगाए ।


मृत्यु
भारदारहरूबीचको गुटवन्दी र दरबारिया षड्यन्त्रमा परेर उनलाई जेलनेलसहित अनेकौ यातना दिई थुनामा राखियो । आफ्नो अपमान सहन नसकी यिनले अन्ततः वि.सं. १८९६ मा आत्महत्या गरे । उनका बिरोधीहरू पाण्डे तथा बस्न्यातहरूका कारण उनले पदत्याग गरेका हुन । भीमसेन थापा प्रधानमन्त्री जंगबहादुर राणाको आमा पट्टिको हजुरबुबा थिए । आफ्नो हजुरबुबाको मृत्युको बदला उनले लिएर नेपालमा राणा शासनको सुरूवात गरे ।

No comments:

Blog Archive

Followers