Saturday, January 17, 2009

होसियार! डरछेरुवाले डर सार्ला है?

१३-पुस-२०६५,आइतवार
कुनै–कुनै मानिसमा अरुलाई डर सार्न सक्ने आश्चर्यजनक गुण हुने कुरा वैज्ञानिकहरूले बताएका छन्। त्यस्ता मानिसको पसिनाबाट अरु मानिसलाई थाहा नपाई नै डर सर्ने र त्यसरी डर सरेपछि पहिले नडराउने मानिससमेत पछि डराउने गरेको कुरा वैज्ञानिकले बताएका छन्। मानिसको शरीरमा पैदा हुने विशेष रसायन (फेरोमोनस नामक रसायन)ले अरु मानिसमा डर सार्ने माध्यमको रुपमा काम गर्ने वैज्ञानिकको भनाइ छ। डर सम्बन्धमा व्यावहारिक अध्ययन गर्न अमेरिकाको न्युयोर्क विश्वविद्यालयले ४० जना मानिसहरूलाई स्काई डाइभ गर्न लगायो। त्यसपछि उनीहरूको पसिना संकलन गरियो। त्यसरी संकलन गरिएको पसिनालाई दोस्रो समूहका मानिसलाई सो पसिनामा अद्भुत डरको मात्रा छ भनी सँुघ्न लगाइयो। त्यसरी सुँघ्न लगाइएकाहरूको दिमागमा एकाएक तरंग पैदा भयो। उनीहरूले दिमागबाट नै डरको अनुभूति गर्न थाले।

No comments:

Blog Archive

Followers