तीन दिनमै प्रतिवेदन पेश
विराटनगरमा रहेको नेपाल होमियोप्याथिक कलेजमा अध्ययनरत विद्यार्थीहरुको आन्दोलनले अन्ततः सार्थकता पाएको छ। नेपालमा रहेको एक मात्र सरकारी स्तरको अस्पताल पशुपती होमियोप्याथिक चिकित्सालयमा ज्ञापन पत्र सहित ४८ घन्टाको अल्टिमेटम दिए पश्चात अस्पतालका प्रमुख डा. शब्बीर खानले देखाएको तदारुकतालाई स्वास्थ्य मन्त्रालयका कायम मुकायम सचिव डा. दीर्घसिंह बमको सकृयतामा गठन भएको होमियोप्याथिक कार्यदलले पनि निरन्तरता दिएको छ। सात जना सदश्य रहेको सो कार्यदलले एक महिनाको कार्यावधि तोकिएको भएता पनि तीन दिनमै आफ्नो प्रतिवेदन स्वास्थ्य मन्त्रालयका सचिव समक्ष पेश गरेको छ।
समितिमा विद्यार्थीका तर्फबाट डा. विनयकुमार यादव, अखिल नेपाल होमियोप्याथिक एसोसियसनका तर्फबाट डा. शब्बीर खान, नेपाल होमियोप्याथिक चिकित्सक संघको तर्फबाट डा. जीवन प्रकाश, नेपाल होमियोप्याथिक मेडिकल कलेजको तर्फबाट राजेन्द्र भट्टराई, स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. कृष्णराज पराजुली, शिक्षा मन्त्रालयका तर्फबाट केशव अधिकारी तथा पशुपती होमियोप्याथिक चिकित्सालयको तर्फबाट सदश्य सचिवको रुपमा डा. शब्वीर खान रहनु भएको थियो। सो समितिका संयोजक डा. कृष्णराज पराजुलीको कार्यकक्षमा बसेको समितिको भेलाले विद्यार्थीहरुले पेश गरेको मागपत्रमा रहेका अधिकांश मागहरु जायज रहेको भन्दै हरेक बुंदामा विस्तृत छलफल गरी शीघ्र प्रतिवेदन पेश गर्ने र उक्त प्रतिवेदनलाई कार्यान्वयनको चरणमा लाने निर्णय गर्दै तीन दिनमै प्रतिवेदन तयार पारेको थियो। उक्त कार्यदलले प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संगठनात्मक संरचनामा तत्काल होमियोप्याथिक चिकित्सा शाखा स्थापना गर्नुपर्ने, सर्वसाधारणलाई सेवा दिन स्थापना भएको पशुपति होमियोप्याथीक चिकित्सालयको मामिला छिटै समाधान गर्नुपर्ने, सर्वसुलभ रुपमा न्यून आय भएका आम नेपाली नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन केन्द्रिय, अञ्चल र जिल्लास्तरमा दरबन्दी सृजना गरी यसको व्यापक विस्तार र विकास गर्न उपयुक्त देखियो भन्दै केन्द्रिय स्तरको सरकारी अस्पतालमा ८ जना चिकित्सक सहितको ईकाई, अंचल स्तरीय अस्पतालमा ३ जना चिकित्सक सहितको ईकाई, जिल्ला स्तरीय अस्पतालमा २ जना चिकित्सक सहितको ईकाई गठन गर्न सुझाव समेत दिएको छ भने विगत देखि नै होमियोप्याथिक काउन्सिल गठन गर्न मन्त्रालयबाट समिति/कार्यदल गठन गरी पटक पटक प्रतिवेदन पनि पेश गरिएको तथा संयुक्त रुपमा काउन्सिल गठनका लागि कार्यदल गठन गरी पेश भएको प्रतिवदेन समेतको आधारमा उक्त प्रस्ताव निर्णयका लागि मन्त्रिपरिषदमा पुगेपनि मन्त्रालय कुनै निर्णयमा पुग्न नसकेको कारण आन्दोलनरत विविभन्न पक्ष छुटै स्वतन्त्र काउन्सिल गठनको पक्षमा देखिएको कारण सोही अनुसार कारवाही अगाडी बढाउन उपयुक्त देखियो भनिएको छ।
प्रतिवेदनमा अगाडी भनिएको छ: होमियोप्याथिक औषधीको उत्पादन र गुणस्तर नियमनको लागि औषधी व्यवस्था विभागमा ईकाई स्थापना गरी सो सम्बन्धमा तत्कालै आवश्यक व्यवस्था गर्न उपयुक्त हुने देखियो, राष्ट्रिय स्वास्थ्य नीतिमा अन्य चिकित्सा पद्धती सरह होमियोप्याथिक चिकित्सा पद्धतीलाई पनि प्राथमिकता दिनुपर्ने देखियो, होमियोप्याथिक चिकित्सा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक प्रमाण पत्र धितो राखी कर्जा उपलब्ध गराउने व्यवस्था मिलाई यस तर्फ आकर्षण बढाउन सान्दर्भिक देखियो, पूर्वाञ्चल विश्व विद्यालयमा होमियोप्याथिक चिकित्सा सम्बन्धि फ्याकल्टीको तत्काल व्यवस्था हुनुपर्ने देखियो, होमियोप्याथिक चिकित्सकहरुलाई उच्च अध्ययनका निम्ति स्वदेश तथा विदेशमा तालिम, अध्ययन, अनुसन्धान, शैक्षिक भ्रमण आदिमा भाग लिन व्यवस्था मिलाउने, चिकित्सा क्षेत्रमा स्नातकोत्तर अध्ययन गर्नको लागि प्राप्त हुने छात्रबृत्ति कोटामा होमियोप्याथिक कोटाको व्यवस्था हुनुपर्ने। हाल कम्तीमा एक वर्षमा दुईवटा कोटा छुट्याउनुपर्ने देखियो।
पुष २२ गते प्रतिवेदन बुझाउने क्रममा का.मू. स्वास्थ्य सचिवले उच्च मनोबलका साथ काम गरेकोमा कार्यदलको प्रशंशा गर्दै आफूले भोलिपल्टै स्वास्थ्य मन्त्री समक्ष सो प्रतिवेदन पेश गर्ने र कार्यान्वयनको चरणमा लैजाने बताए।
मुटुको लागि संगीत
संगीतको माध्यमबाट शान्ति पाउन सक्ने र कतिपय अवस्थामा यो उपचार नै सावित हुन सक्छ भन्ने कुरालाई प्रमाणको साथमा कागजमा लेख्न जति धेरै कठिनाई हुन्छ त्यो भन्दा पनि कठिनाई यो सही होइन भनेर दावी गर्न हुन्छ। ग्रीक सभ्यताका मानिसहरु यो कुरामा यति धेरै विश्वास गर्दथे कि उनीहरुले संगीतलाई विभिन्न रोगहरुमा उपचारको निम्ति प्रयोगमा ल्याउंदथे। यहां सम्म कि सर्पले टोकेको विष निकाल्न पनि उनीहरु संगीतको प्रयोग गर्दथे। उपचार र संगीत एकै सिक्काका दुई पाटको रुपमा लिइन्थ्यो।
वर्तमान समयमा भने संगीतको विभिन्न प्रयोग र त्यसको फाइदाको बारेमा अध्ययन भैरहेको छ। अहिले संगीतको सृजना गर्नु वा यसलाई श्रवण गर्नुको फाइदा के हुन सक्छ भन्ने कुराको अध्ययन गर्ने क्रममा घरमा, हस्पिटलमा र अझ अपरेशन कोठामा समेत प्रयोग गरेर यसको प्रभावबारे अध्ययन हुंदैछ तर अहिले सम्म कुनै निष्कर्ष भने आइसकेको छैन। हालसालै अक्सफोर्ड र पाभिया विश्व विद्यालयले संयुक्त रुपमा सुरु गरेको अध्ययनको क्रममा भने संगीत मुटुको निम्ति लाभदायक हुने प्रमाणहरु देखिन थालेका छन्। अध्ययनमा सहभागीहरुले हरेक प्रकारका संगीतहरु सुनेका थिए। सहभागी मध्ये आधा संगीत सम्बन्धी ज्ञान भएका व्यक्ति थिए भने आधा चाहीं सामान्य मान्छे थिए। अध्ययनको क्रममा गीतको प्रकार भन्दा पनि संगीतको लयले प्रभाव पारेको देखियो। दू्रत लय भएका संगीत सुन्दा रक्त संचार र स्वास प्रश्वासमा तीव्रता देखियो भने मधुर लय भएको संगीत सुन्दा रक्तसंचार र स्वासप्रश्वासमा कमी आएको पाइयो। तर संगीत सिकेका मान्छेमा यसको प्रभाव अझ बढी देखियो किनकि उनीहरु जानकार थिए कि संगीतको ताल र लयसंगै आफ्नो स्वासप्रश्वासलाई कसरी नियन्त्रण गर्ने भनेर। अझै पनि अध्ययनको क्रममै रहेको यो खोजले एक दिन संगीतलाई स्वस्थ मुटुको निम्ति आवश्यक व्यायामको रुपमा विकसित गर्न सक्ने संभावना भने देखिएको छ।
http://www.weeklynepal.com
Subscribe to:
Post Comments (Atom)
Blog Archive
-
▼
2009
(96)
-
▼
January
(69)
- कोरियामा नेपाली चेलीको खरिद बिक्रि
- वास्तु विज्ञान: मानव समाजमा वास्तुको प्रभाव
- ऋषिराम न्यौपाने
- ऋषिराज बराल
- ऋद्धिबहादुर मल्ल
- कृष्णप्रसाद भट्टराई शब्दचित्र
- www.himalkhabar.com
- छ्याप्छ्याप्ती खैरो-हेरोइन
- लागू औषधको राजधानी
- १७ वर्षीया युवती विवाह गर्दा ७० वर्षीय वृद्धको बिच...
- Foreign Missions in Nepal
- Contact Directory of Ministries of Nepal
- मोबाइल प्रिन्टर
- प्रा डा अभि सुवेदी
- नेपाली पत्रपत्रिकाको सम्पर्क
- नेपाली बैंकहरु (Nepalese Banks)
- नेपाली रेडियो/एफ एम रेडियो स्टेसनहरु
- विदेशस्थित नेपाली नियोगहरु (Nepalese Missions)
- नेपाली टेलिभिजन च्यानलहरुको सम्पर्क ठेगाना
- नेपालका प्रमुख होटलहरु (Nepali Hotels)
- वर्तमान मन्त्रिपरिषदका सदस्यहरुको नाम र सम्पर्क टे...
- मुटुरोग लाग्ने खास कारण
- जैविक आतंकवादबारे केही जानकारी -डा.सुशिल देवकोटा
- मुटुको लागि संगीत
- हेल्थ प्रब्लम -एक्युट ब्याक्टेरियल मस्टाइटिस (स्तन...
- लामखुट्टेको शरीरको रगतको सुराकीबाट एक अपराधीलाई पक...
- होसियार! डरछेरुवाले डर सार्ला है?
- अनुहार परिवर्तनमा पहिलो सफल अप्रेसन
- अचम्मको खुबी प्रतियोगिता!
- पुर्खाका आधारमा छोरा कि छोरी?
- विद्यार्थीलाई रातो मसी हानिकारक
- तेजपत्ता भियग्राभन्दा लाभदायक
- सुगरका रोगीलाई खुसीको खबर
- फोहोरी चलचित्र उद्योगभित्र हुने फोहोरी राजनीतिले
- हरायो दोहोरीको मौलिकता
- संकटमा संस्कृति
- सम्झना
- भीमसेन थापा
- देवेन्द्रशमशेर राणा, संगीत मापकयन्त्रका आविष्कारक
- लक्ष्मीपति पाण्डे, धूपघडीमा निर्माता गणितज्ञ
- अभयराज शाक्य, साढे चार सय वर्षअगाडिका प्राविधिज्ञ
- अरनिको, कलाकार, मूर्तिकार र वैज्ञानिक
- निष्ठानन्द बज्राचार्य, हाते प्रेस/लिथोमेसिनका निर्...
- देवराज शाक्य, तामाखानी विशेषज्ञ
- देवेन्द्रशमशेर राणा, संगीत मापकयन्त्रका आविष्कारक
- लाटा कामी, सल्यानका विभूति
- नरबहादुर भारती, ग्रामोफोन रेकर्ड बनाउने
- गोपाल पाण्डे, गणितज्ञ पं.
- गेहेन्द्र शमशेर, वैज्ञानिक
- क्यान/कम्प्युटर
- ललितकला क्याम्पस
- बूढानीलकण्ठ स्कूल
- एस.एल. सी.को इतिहास
- जनआन्दोलन २ लाई माओवादी समर्थन
- जनआन्दोलन २ का शहिद
- राजा ज्ञानेन्द्रको २०६३ वैशाख ११ को घोषणा
- Ethno-ecological Observation of Magar of Bukini, B...
- Dimension of Rural Development in Nepal
- Contextualizing Social Science in Nepal
- picture of dog
- Some picture of flower
- बिश्व हांक्ने हिरो बाराक ओबामा
- सुनको धुलो अचुक औषधी
- मानव अस्थिमज्जा
- प्रचण्ड प्रसंग
- पुष्पकमल दाहाल (प्रचण्ड)
- मोवाइल २० वर्षको युवा भयो
- वेबसाइटमा अर्थमन्त्री
- टाउको काट्दा पनि १८ महिना बाँचेको कुखुरा
-
▼
January
(69)
No comments:
Post a Comment