Tuesday, December 16, 2008

५ जना उत्कृष्ट लेखक बालबालिका पुरस्कृत भए - ketaketinews.com

काठमाडौं, मंसिर १3, २०६५
राजधानी दैनिकको शनिवासरीय बालप्रकाशन सौजन्यमा रचना प्रकाशित भएकामध्ये ५ जना उत्कृष्ट बालबालिका पुरस्कृत भएका छन् । ती बालबालिकाहरुलाई बालसाहित्य प्रतिष्ठान नेपाल र केटाकेटी न्यूज डटकमका लागि वरिष्ठ समाजसेवी प्रा.डा.अच्युतमणि आचार्यले पुरस्कारस्वरुप कपि र बालसाहित्यका किताबहरु प्रायोजन गर्नुभएको थियो ।
पुरस्कृत हुने बालबालिकाहरुमा क्रमशः २०६५ कार्तिक २ गते प्रकाशित दक्षिणा वचत शिर्षक रचनाका लागि सनिस राजचल, कक्षा ५, लिसा मावि, लिवाली, भक्तपुर, ९ गते प्रकाशित विद्यार्थी र देश शिर्षक रचनाका लागि प्रकाश कुमार शाह, कक्षा ७, इपिएस स्कुल,वानेश्वर, काठमाडौं, कार्तिक २३ गते प्रकाशित हाम्रो नेपाल शिर्षक रचनाका लागि अलिग तामाङ्ग, कक्षा ९, तरुण मावि बालाजु, काठमाडौं, २०६५ कार्तिक ३० गते प्रकाशित सौजन्यको मेरी आमा शिर्षक रचनाका लागि मुना श्रेष्ठ, कक्षा ७ ख, शिवपुरी उमावि बालुवाटार, काठमाडौं र २०६५ मंसिर ७ गते प्रकाशित सौजन्यको हाम्रो देश शिर्षक रचनाका लागि पेमा युटिन शेर्पा, कक्षा १, मंगलदीप बोर्डिङ स्कुल, बौद्घ, काठमाडौं रहेका छन् ।

No comments:

Followers