Tuesday, December 16, 2008

नयाँ नेपालको राष्ट्रिय गान



ब्याकुल माईला (प्रदिप राई)


सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली

सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।


प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरुका रगतले, स्वतन्त्र र अटल।


ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।


बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।


राष्टि्यगानका रचनाकार व्याकुल माइलाको परिचय

-------------------------------- पूरा नाम : प्रदीप कुमार राई

उपनाम : व्याकुल माइला/माहिंला

जन्म मिति : २०२९ साल चैत २५ गते

स्थान : थाक्ले-८ हिलेपानी,ओखलढुङ्‍गा

आमा : स्वर्गीय धनलक्ष्मी राई

बुबा : मास्टर मानबहादुर राई

दाजु-भाइ : एक दाजु र एक भाइदिदी एक

मातृभाषा : वाम्बुले राई

वैवाहिक स्थिति : अविवाहित

शिक्षा : कानुनशास्त्र स्नातक तथा जनप्रशासन (एमपीए) अध्ययनरत

पेशा :कानुनी सेवा (अधिवक्ता) साहित्यिक

लेखन थालनी : २०४६ साल पहिलो प्रकाशित

रचना : कविता (नेपाली भाषामा)

समीक्षा साप्ताहिक, २०४८ प्रकाशित

रचना : कविता, गीत, गजल, लेख, निबन्ध (नेपाली र वाम्बुले राई भाषामा)

प्रकाशित माध्यम : मधुपर्क,गरिमा, समष्टि, मिर्मिरे, कविता (ने.प्र.प्र.),नव , 'स्रष्टा'(कालेबुङ), 'बिन्दू' (असम), 'लिब्जु (भुम्जु', कान्तिपुर, गोरखापत्र, स्पेसटाइम, राजधानी, गोरखापत्र आदि ।

प्रकाशित कृति : १) नेपाली गीत संग्रह(२०५९(दुई सय स्रष्टाका गीतिसंगालो सम्पादन)

सम्पादन संलग्नता : १) 'बरभञ्ज्याङ्ग' चौमासिक गोजिका२) 'मानव अधिकार आवाज'३) 'लिब्जु-भुम्जु' त्रिभाषीय त्रैमासिक (वाम्बुले राई भाषा, साहित्य र संस्कृति प्रधान पत्रिका)४) 'कौशिकी' साहित्यिक पत्रिका ५) 'आदिवासी विद्यार्थी आवाज' संस्थापक सदस्य : १)मानव अधिकारवादी युवा कानून व्यवसाय केन्द्र(ह्‍युरिन्पेक) २) आदिवासी मानव अधिकार सरोकार केन्द्र, काठमाडौं । ३) कौशिकी साहित्य प्रतिष्ठान, काठमाडौं ।४) काठमाडौं जिल्ला नेपाल बार एसोसियसन, साधारण सदस्य

No comments:

Followers