Tuesday, December 16, 2008

अमेरिकामा प्रतिभाशाली नेपाली बालक


टेक्सास कोपेलको एउटा सानो घुमन्ते घर छ । जसमा दुइवटा सुत्ने कोठा छन् । एउटामा उनी पढ्ने गर्छन् । त्यस कोठामा कम्प्युटर र किताबले झण्डै भरिभराउ छ । भित्तामा वीपी र गान्धीका तस्वीर र नेपालको झण्डा र उनका हजुरबा हजुरआमा नेत्रप्रसाद, भीमकुमारी र जालपा भट्टर्राईका तस्वीर छन् । अनि युवा अमेरिकन साहित्य पुरस्कार ग्रहण गर्दाको उनको तस्वीर पनि सजिएको छ । कोठा सानो छ चिटिक्क परेको छ । तर सिर्जनशीलताको मुहान जस्तै स्वच्छ छ । भाडाकै कोठा भए पनि उनको प्रतिभाले त्यो जगजग बलेको छ ।
उनी हुन् एउटा होनहार नेपाली बालक राजेश कोइराला । माधव र सीताका एक मात्र छोरा । चार र पाच कक्षा नेपालमा पढी डिभी भिसाको सुविधामा आमासगै सन् २००५ मा अमेरिका प्रवेश गरेका थिए । त्यस अघि मामा प्रो.डा.केशव भट्टर्राईको काखमा झण्डै दुइ वर्ष अमेरिका बसी उनले अमेरिकामै एक र दुइ कक्षा पढेका थिए । वारेन्र्सबर्ग मिजौरीस्थित मामाघरमा बसी वारेन्र्सबर्ग मिडिल स्कुलमा उनले छ र सात ग्रेड पढे । त्यहा उनले प्रत्येक जाचमा असाधारण विद्यार्थीको कीर्तिमान कायम गरे ।

उनी प्रत्येक दिन, प्रत्येक क्षण अघि बढ्न चाहने बालक भएकाले गर्मी बिदामा उनी मामासँग विश्वविद्यालयका कक्षा चाहार्न थाले । विद्यालयहरुको शैक्षिक स्तर जाच्ने रहर उनमा पलायो । जसको कारण उनीमा अमेरिकाको नम्बर एक सबैभन्दा राम्रो विद्यालयमा पढ्ने चाहना बढ्दै गयो । फलत उनी सन् २००७ मा VONNE A EWELL TOWN CENTER मा पढ्न टेक्सास आए । कक्षा आठ कोपल मिडिल विद्यालय नर्थमा उनी भर्ना भए । त्यसपछि उच्च प्रतिभाशाली विद्यार्थीको कीर्ति कायम राख्दै उनले १० हजार विद्यार्थीहरुसग प्रतिस्पर्धा गरी VONNE A EWELL TOWN CENTER मा अध्ययनका लागि प्रवेश गर्न सफल भए । त्यो विद्यालयमा पढ्ने उनी सबैभन्दा कान्छा उमेरका विद्यार्थी हुन् । साथै उनी त्यहा पढ्न पाउने पहिलो नेपाली पनि भएका छन् ।

सानै उमेरदेखि आऊ वीरेन्द्र फेरि आऊ, आकाश गंगा, जाडो शीर्षकका विभिन्न कविता लेखी प्रकाशन गर्न पनि सफल भएका राजेशका कविता अमेरिकाको राष्ट्रिय स्तरको प्रकाशन पोयट्री फर योङ् अमेरिकन्सङ्स युवा अमेरिकीहरुको कविताको संकलन स्मारिका एस्ट्रोलोजीमा पनि छापिएका छन् । उनले मिजौरी राज्य स्तरका केही पुरस्कारलगायत उनको विद्यालयबाट प्रदान गरिने दर्जनौ पुरस्कारहरु पाएका छन् ।
कक्षा नौ मा भर्ना भएको दोस्रो दिन विद्यालयको सुपरीवेक्षक मार्फत् प्रिन्सिपलले बोलाएर उनलाई यति सानो १२ वर्षे उमेरमा यति धेरै कसरी पढ्न सक्यौ भनेर सोधेछन् । त्यसपछि उनले भनेछन्- मैले एउटा असल मान्छे बन्ने प्रेरणाले पढेको हुँ । त्यसपछि प्रिन्सिपलले उनलाई ल बाबुको नाम विद्यालयको वेबसाइटमा राखिदिनेछौ भनेर शुभकामना दिएछन् । स्मरणीय छ राजेशले स्टाटिस्टिकको १५औ कक्षासम्मको क्रेडिट आवर पूरा गरिसकेको प्रसंगमा प्रिन्सिपलले त्यसो भनेका थिए । जुन उनको उमेरको विद्यार्थीले गर्नु आफैंमा विलक्षण प्रतिभाको उदाहरण हो । स्रोत: अमेरिका दर्पण डटकमको स्मारिकाबाट

No comments:

Followers