७-पुस-२०६५,सोमवार
अस्ट्रेलियाका शिक्षकहरूलाई विद्यार्थीहरूको काममा रातो मसीको चिह्न प्रयोग नगर्न अनुरोध गरिएको छ। रातो मसीले विद्यार्थीको मानसिक अवस्थामा हानि पुर्याउने सम्भावना रहेको कारण शिक्षकहरूसँग सो अनुरोध गरिएको हो। कपीमा प्रयोग गरिने रातो मसीले विद्यार्थीको ध्यान खिच्न स्वाभाविक मानिए तापनि त्यो बढी आक्रामक हुने भएको कारणले गर्दा विद्यार्थीको मानसिक अवस्थामा प्रतिकूल प्रभाव पार्ने दाबी विज्ञले गरेका छन्। हाल अस्ट्रेलियाका कतिपय राज्यमा रातो मसी प्रयोग गरिने परिपाटीलाई प्रतिबन्ध लगाउने माग गरिएको छ।
― साँघु
No comments:
Post a Comment