अमेरिकाका शल्य चिकित्सकहरूले एकजना महिलाको अनुहारको ८० प्रतिशत शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका छन्। अनुहारको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको विश्वमा नै यो पहिलो भएको चिकित्सकहरूको दाबी छ। ती महिलाको अनुहार क्षतविक्षत भएको कारण अनुहारको शल्यक्रिया गर्नुपरेको चिकित्सकको भनाइ छ। अमेरिकामा अनुहारको शल्यक्रिया गरी रूप परिवर्तन गर्न चाहनेहरूको संख्या अत्यधिक रहेको छ। यद्यपि, रूप परिवर्तन गर्न चाहने उद्देश्यले शल्यक्रिया गर्ने कुरा अति नै विवादमा परेको छ। क्षतविक्षत नभएको अनुहारको शल्यक्रिया गर्न भने चिकित्सकहरूले आनाकानी गर्दै आएका छन्।
― साँघु
No comments:
Post a Comment