Wednesday, January 7, 2009

मानव अस्थिमज्जा

मिचिगान विश्वविद्यालयको एक प्रयोगशालामा निरन्तर राता र सेता रक्तकोष बनाउन सक्ने कृत्रिम मानव अस्थिमज्जा आविष्कार गरे का छन्। यस विकासले प्रतिरक्षा प्रणालीमा देखापर्ने दोष र रक्तसञ्चारका लागि निरन्तर रगतको आपूर्तिसम्बन्धी अध्ययन तथा सामान्य फर्मास्युटिकल औषधि परीक्षण गर्न सघाउने छ। जैविक पदार्थसम्बन्धी एक जर्नलको ताजा अंकमा अनुसन्धान टोलीले सो जनाएको हो।
मुख्य अनुसन्धानकर्ता निकोलस कोतोभले बताएअनुसार यो वस्तु अस्थिमज्जालाई मद्दत गर्ने कोषझै दुरुस्तै ३–डी स्काफोल्डमा हुर्कन्छ। यो अस्थिमज्जा अन्य ३–डी बायोमेडिकलझै शरीरमा प्रत्यारोपण गर्न नबनाएको र परीक्षण नलीमा काम गर्न बनाइएको दाबी गरिएको छ। यो पहिलो सफलतम अस्थिमज्जा हो। कोतोभ भन्छन– यसले अस्थिमज्जाले गर्ने दुई अति महत्वपूर्ण काम गर्न यसले रगको स्टेम को षलाई अनुशरण गर्दै बी कोषको उत्पादन गर्छ। अरु प्रमुख प्रतिरक्षा कोषहरु हुन् जसले थुपै्र रोगसँग लड्ने एन्टिबोडी उत्पादन गर्छन। यस वस्तुले वास्तविक अस्थिमज्जाझै काम गर्न सक्ने नसक्ने छुट्टायाउन वैज्ञानिकहरुले प्रतिरक्षा प्रणाली बिगे्रको मुसामा प्रत्यारोषण गरी हेरेका थिए। मुसाले यो वस्तुबाट मानव प्रतिरक्षा कोष तथा रत्तवाहिनी नलीहरु उत्पादन गर्‍यो ।

source :http://www.nepalbritain.com

No comments:

Post a Comment