७-पुस-२०६५,सोमवार
सुगरका रोगीहरूको लागि खुसीको खबर छ। वैज्ञानिकहरूले कम क्यालोरी भएको केरा तयार गरेका छन्। भारतस्थित कानपुरका चन्द्रशेखर आजाद एग्रिकल्चर एन्ड टेक्नोलोजी युनिभर्सिटीका वरिष्ठ एग्रो वैज्ञानिक जीएस गौडले सो कुरा बताएका हुन्। यस केरामा फलफूलमा हुने सबै नैसर्गिक गुण रहेको छ। यस कारण डायबिटिजका रोगीले पनि यसलाई उपभोग गर्न सक्छन्। सामान्य केरामा जति सुगर कन्टेनटेन्ट रहेको हुन्छ, ती सबै गुण यस नयाँ प्रजातिमा रहेको छ। यस नयाँ प्रजातिको केरामा भिटामिन 'बी' र 'सी', फस्फोरस, क्याल्सियम र आइरनलगायत अन्य गुणले भरिपूर्ण रहेको छ। आमतौरमा १०० ग्राम केरामा ६५० क्यालोरी हुन्छ। अब यति नै तौलको केरामा कम क्यालोरी हुनेछ।
― साँघु
source:http://www.weeklynepal.com
No comments:
Post a Comment